भीरमौरीको मह झिक्दा लडेर मृत्यु

– भीरवाट खसेर वृद्धको ज्यान गयो
लोकखबर
२०८२ मंसिर १८, बिहीबार ०८:५८

बिदुर– भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ । शव त्रिशूली अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

नुवाकोटको छिमेकी रसुवाको नौकुण्ड गाउँपालिका–२ युब्राका ६५ वर्षीय नेम्वानामग्यल नेकोरको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नौकुण्ड–२ तेल्जुङको जंगलमा भीरमौरीको मह निकाल्न जांदा लडेर वृद्धको घटनास्थलमै ज्यान गएको हो प्रहरीले जनाएको छ ।

लाङटाङ राष्टिय निकुन्जको मध्यबर्ती क्षेत्रको बान्द्रो क्षेत्रमा पर्ने भीरमा मह झिक्दै गर्दा वृद्ध नेकोरको  एक्कासी चिप्लिएर भीरबाट लडेर मृत्यु भएको  हो । उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।


सर्वाधिक रुचाइएको