नौकुण्ड गापाको भवन निर्माण जारी

– समयभित्रै सकने लक्ष्य
लोकखबर
२०८२ मंसिर १८, बिहीबार २१:२०

बिदुर-नुवाकोटसंगै जोडिएको रसुवाको नौकुण्ड गाउँपालिकाको भवन निर्माण भइरहेको छ । समयमै निर्माण सक्ने लक्ष्यका साथ निर्माणको काम भइरहेको छ ।

रसुवाको दुर्गम भेगका रुपमा रहेको नौकुण्ड गापाको निर्माण भइरहेको प्रशासकीय भवनले पछिल्लो समय तीव्रता पाएको गापा कार्यालयले जनाएको छ । गुणस्तर निर्माण सामाग्री कायम राख्दै तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको गापाले जनाएको छ ।

निर्माणाधिन भवनको सम्बन्धित सरोकारवाला निकायहरूले नियमित अनुगमन र निरीक्षण गरेका छन् । निरीक्षणको निरन्तरताले कामको गति थप बढेको निर्माण पक्षको भनाइ छ ।

गापाको भवन तयार भएपछि कार्य सन्चालनमा सहजता आउने जनाइएको छ । साथै गाउँपालिकाले सेवा प्रवाह सहज, छरितो र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको