खेलकुद उत्सव आयोजना

– माघ १ गतेदेखि सन्चालन
लोकखवर खेल संवाददाता
२०८२ मंसिर १८, बिहीबार २१:३९

बिदुर– खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा  खेलकुद उत्सव आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा विदुरमा ‘खेलकुद उत्सव–२०८२’ आयोजना भएको हो । नुवाकोटको विदुर नगरमा आगामी माघ १ देखि १० गतेसम्म ‘खेलकुद उत्सव–२०८२’ सञ्चालन हुने समितिका अध्यक्ष विजय गुरुङले बताए ।

उनका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ उत्सव आयोजना गरिएको हो । खेलकुद उत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिनेछ भने स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु यस वर्षको प्रमुख लक्ष्य रहेको समितिले जनाएको छ ।

खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन कार्यक्रम फलदायी हुने आयोजकको विश्वास रहेको छ । समितिका अनुसार तयारीका कामहरू तिव्र गतिमा अघि बढिरहेका छन् । आयोजकहरूले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी र युवा वर्गलाई उत्सवमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।


सर्वाधिक रुचाइएको