ज्येष्ठ नागरिक आश्रमलाई सहयोग हस्तान्तरण
बिदुर-नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई विविध सहयोग प्राप्त भएको छ । आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ? आफु मेटाई अरुलाइ दिनु जहाँ छ भन्ने मुल नाराका साथ विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा एकैपटक नगद तथा जिन्सी सामानहरु दाताहरुले हस्तान्तरण गरेका हुन् ।

यसवाट वृद्ध बा आमाहरुको दैनिक खाना तथा अन्य कार्यमा सहयोग पुगेको छ । रसुवाको नौकुण्ड गाउँपालिका ३ सरमथली घर भई हाल पोर्चुगल बसोबास गर्दै आइरहेकी सृष्टि तिमल्सिनाले आफ्नो २२औँ जन्मोत्सवको अवसरमा प्रतिष्ठानका आश्रित ३९ जना वृद्ध बाआमाहरूलाई भोजनको लागि नगद १६ हजार रुपैया प्रदान गरिन् । साथै उनकी हजुरआमा कालिका गाउँपालिका ५ निवासी खगदेवी देवकोटाले १० हजार रुपैया आर्थिक सहयोग गरिन् ।

सृष्टिका तर्फवाट उनकी माता सरस्वती तिमल्सिना र हजुरआमा खगदेवी देवकोटा प्रतिष्ठानमा पुगेर आर्थिक सहयोगका साथै ३९ जना वृद्ध बा आमाहरूको लागि हात हातमा फलफुलसमेत वितरण गरे । यसैवीच, लायन्स क्लब अफ नुवाकोट बट्टारद्वारा पनि देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान पुगेर आर्थिक सहयोग प्रदान गरेको छ ।

क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा पुगेको क्लवले नगद १० हजार रुपैयाका साथै आश्रित रहेका वृद्ध बाआमाहरुलाई भोजन प्रदान तथा खाद्यान्न हस्तान्तरण गरेको छ । यस्तै, नुवाकोटकै शिवपुरी गाउँपालिका ८ पुरानोगाउँका इन्द्रकुमार तामाङले प्रतिष्ठान पुगेर वृृद्ध बाआमाको मिष्ठान्न भोजनको लागि नगद ११ हजार रुपैया प्रदान गरेका छन् । उनले आफ्ना पिता स्व. कृष्णबहादुर तामाङ र माता स्व. लालमाया तामाङ र आफ्ना सम्पूर्ण पितृहरूको स्मरणमा भोजनका लागि उक्त रकम उपलव्ध गराएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले वताए ।

















































