भालुको आक्रमणवाट युवक घाइते
बिदुर– नुवाकोटको उत्तरी भेगमा रहेको वरादीमा भालुको आक्रमणवाट स्थानीय एक युवक घाइते भएका छन् । घाइते युवकको अस्पतालमा उपचार जारी रहेको छ ।

सदरमुकाम बिदुरदेखि ३० किलोमिटर उत्तरमा रहेको सूर्यगढी गाउँपालिका–१ बरादीका ४२ वर्षीय लावाङ तामाङ भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका छन् । घर नजिकै काम गर्दै गर्दा अचानक उनलाई भालुले आक्रमण गरेको वडाध्यक्ष राजकुमार तामाङले बताए ।

उनका अनुसार भालुको आक्रमणपछि सख्त घाइते भएका लावाङ तामाङको शरिरमा गम्भीर चोट लागेको छ । घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेर काठमाडा महाराजगन्जंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेर उपचार जरी रहेको वडाध्यक्ष तामाङले वताए ।

घाइतेले तामाङको स्वास्थय अवस्थामा सुधार भइरहेको जनाइएको छ । भालु नजिकैको जंगलबाट गाउँमा आएको हुनसक्ने अनुमान गरिएको छ भने यससंगै गाउँमा त्रास बढेको छ ।












































