एमाले केन्द्रीय नेतामा नुवाकोटका आकांक्षी
बिदुर– नेकपा एमालेको ११ औं महाधिवेशनका लागि नुवाकोटबाट ६ जना भन्दा वढिले केन्द्रीय नेतृत्वमा आकांक्षा राखेका छन् । पुर्वमन्त्रिदेखि पुर्व सांसदसम्म केन्द्रीय सदस्यका आकाक्षी रहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचन भएकामध्ये चार जनाले केन्द्रीय नेतृत्वका लागि आकाँक्षा देखाएका छन् ।

केहिले पदाधिकारीमै उठ्ने आकांक्षा राखेका छन् । नुवाकोटवाट वागमति प्रदेशका पुर्वमन्त्रि तथा वर्तमान केन्द्रीय सदस्य केशवराज पाण्डे, केन्द्रीय सदस्य विन्दा ढुंगाना, पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनाली, पुर्व सांसद तथा पुर्व जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडालगायतले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन् । पाण्डे र ढुंगाना केसमा दोहोरिन र मैनाली र खतिवडाले पहिलो पटक केसमा भिड्ने तयारी गरेका हुन् ।

नुवाकोटको विदुर नपा १२ गौरीवेशीका एमाले उपमहासचिव विष्णु रिमालले पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका छन् । वर्तमान केन्द्रीय सदस्य विन्दा पाण्डे, र उषाकिरण तिमिल्सनाले केन्द्रीय नेतृत्वका लागि आकाँक्षा देखाएका छन् । संस्थापन निकट मानिएका केशवराज पाण्डेले पदाधिकारीमा आकाँक्षा देखाएको भएपनि पाण्डे केन्द्रीय सदस्यमा निर्वाचन लड्ने निश्चित भएको जनाइएको छ ।

नुवाकोटको ढिकुरे स्थायी घर भएकी विन्दा पाण्डेले पदाधिकारीको आकाँक्षा राखेकी छिन् । उनले पार्टी पदाधिकारी मध्ये कुनै एक जिम्मेवारी आफुले पाउनु पर्ने लविङ गर्दै आएकी छन् । तारकेश्वरको गोस्र्याङकी उषाकिरण तिम्सिना पनि केन्द्रीय सदस्य उठ््ने तय भएको छ ।

एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनाली पनि एमाले केन्द्रीय सदस्यका दावेदार हुन् । सुर्यगढी सथायी घर भएका मैनाली एमालेको जिल्ला सदीय, सचिवालय सदस्य, उपाध्यक्ष, दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । नुवाकोटको तारुका स्थायी घर भई लामो समयदेखि एमाले राजनीतिमा क्रियाशिल पूर्व सांसद तथा पूर्व जिल्ला अध्यक्ष नाराणप्रसाद खतिवडा पनि पोखरेल टिमबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निश्चित रहेको जनाइएको छ ।

नुवाकोट इन्चार्जका साथै विभिन्न जिम्मेवारी वहन गरिसकेकी बिन्दा ढुंगानाले पनि केन्द्रीय सदस्यको उम्मेदवार हुन् । एमालेको महाधिवेसनका लागि नुवाकोटमा १५ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्य पदेन हुने भएकाले १५ जनासहित नुवाकोटबाट १९ जना महाधिवेशन प्रतिनिधि महाधिवेसनमा सहभागी हुने महाधिवेसन प्रतिनिधि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए ।

एमाले महाधिवेशन प्रतिनिधिहरुमा नुवाकोट क्षेत्र नं १ बाट अध्यक्ष बद्री मैनाली, काशीराज अधिकारी, निलकण्ठ आचार्य, मिलन लामा र युवातर्फ बसन्त न्यौपाने र महिला प्रतिनिधिमा कमला पाण्डे र मोनिका थापा रहेका छन् । क्षेत्र नं २ मा खुल्लातर्फ नारायणप्रसाद खतिवडा, राजेन्द्ररमण खनाल, बुद्धिवहादुर प्रधान र अरुणकुमार श्रेष्ठ तथा युवातर्फ विष्णु दाहाल, महिला प्रतिनिधिमा कोपिला भट्ट र इन्दिरा अधिकारी तथा दलिततर्फ सनम परियार महाधिवेसन प्रतिनिधि रहेका छन् ।

एमालेको ११ औं महाधिवेसनमा एकसय आठ जना मनोनितसहित २ हजार २ सय ६८ जना कुल प्रतिनिधि रहेका छन् । एकसय ६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले वताए ।

नुवाकोटवाट चुनिएका महाधिवेसन प्रतिनिधि मध्येमा ११ जना प्रतिनिधि संस्थापन पक्षमा खुलेरै लागेका छन् । परिवर्तित सन्दर्भमा एमालेलाई एकढिक्का वनाएर जनतामाझ लैजानु पर्ने आवस्यकता रहेको महाधिवेसन प्रतिनिधिहरुको भनाई रहेको छ ।












































