एकल लोकनृत्य प्रतियोगिता सम्पन्न

– कशिस श्रेष्ठले जितिन उपाधि
लोकखबर
२०८२ मंसिर २८, आईतवार २३:१२

बिदुर-प्रतिभा पहिचानका लागि नुवाकोटको बट्टारमा जिल्ला स्तरीय अन्तर विद्यालय संगम एकल लोक नृत्य प्रतियोगिता समपन्न भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कृत गरिएको छ ।

,विदुर नपा –४ वट्टारवजारको संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ वार्षिक साधारणसभाको अवसरमा आयोजित “जिल्ला स्तरीय अन्तर विद्यालय संगम एकल लोक नृत्य प्रतियोगिता –२०८२ का विजेताहरुलाई पुर।स्कृत गरिएको हो । उक्त जिल्लास्तरीय संगम एकल नृत्य प्रतियोगिता २०८२ को उपाधि त्रिशूली सामुदायिक बोर्डिङ स्कुलकी कशिस मलेकुश्रेष्ठले जितेकी छिन् ।

प्रतियोगितामा अर्किड एकेडेमीकी आयुषी श्रेष्ठ दोस्रो भइन् भने सुभेनियर बोर्डिङ स्कुलकी आस्मा तामाङ तेस्रो भइन् । प्रतियोगितामा चन्द्रज्योती माविकी सिम्रना कुमालले सान्त्वना स्थान हात पारेको संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव मिश्रले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेताहरुलाई सहकारीको आगामी पौष १५ गते आयोजित साधारणसभामा नगदसहित पुरस्कृत गरिने छ भने सहकारीले लामो समयदेखि विद्यालयस्तरीय रचनात्मक विभिन्न प्रतियोगिताहरु गर्दै आइरहेको छ । प्रतियोगितामा नुवाकोटका जिल्लाका विभिन्न विद्यालयका १५ जना छात्राहरुले सहभागिता जनाएको नृत्य प्रतियोगिताका संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।


सर्वाधिक रुचाइएको