बिदुरमा हिंशाको उजुरी वढ्दै
बिदुर-नुवाकोटको सदरमुकाम विदुरमा हिंशाका घटनामा वढोत्तरी भइरहेका छन् । आधुनिकता तथा परिवर्तित जीवनशैलीका कारण हिंशाका घटनाहरु घट्ने गरेको सरोकारवालाहरुको ठहर छ । विदुर नगरपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले समाजमा चेतना र कानूनी दायरा बढ्दासमेत हिंसाको प्रकोप कायमै रहेको देखाएको छ ।

सवै प्रकारको हिंशाका घटनाहरु घट्ने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर महिना अवधिमा विदुर नपामा मात्रै हिंसाको उजुरी लिएर आउनहरु संख्याको अनुपात वढेको छ । हिंशाको उजुरी सङ्ख्या ५० पुगेको छ ।

जसमा ३८ जना महिला, ६ जना बालबालिका र ६ जना पुरुष रहेका छन् । यी तथ्याङ्कले हिंसा अब केवल महिलामा मात्र सीमित नरही सबै वर्गलाई प्रभावित गरिरहेको देखिएको छ । हिंसाको रुप अब केवल शारीरिक कुटपिट मात्र रहेन ।

अहिले यो झन् गहिरो गरी मनोवैज्ञानिक दबाब, चरित्र हत्या, सामाजिक बहिष्कार र अनलाइन दुव्र्यवहार (डिजिटल हिंसा) को रूपमा प्रकट भइरहेको अधिकारकर्मीहरुको भनाई छ । समाजमा पुरातन सोच, आर्थिक असमानता, मदिराको सेवन र कुलतलाई नियन्त्रण गरिनुपर्ने अधिकारकर्मीहरुको जोड रहेको छ ।

सरोकारवाला निकायले पीडितहरूलाई कानूनी सहायता, मनोपरामर्श र आर्थिक सबलीकरणमा प्रभावकारी रुपमा सहयोग गर्दै आएको विदुर नपाको महिला तथा वालवालिका शाखाले जनाएको छ ।














































