प्रसिद्ध निरन्जनामा देवी वाहन स्थापना

– धार्मिक पर्यटकिय केन्द्र वन्दै
लोकखबर
२०८२ पुष १, मंगलवार २३:०९

बिदुर-नुवाकोटको पुर्वी भेगमा रहेको प्रसिद्ध निरन्जना भगवती मन्दिर धार्मिक पर्यटकिय केन्द्र वन्दै गइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन वढिरहेको छ । वेलकोटगढीमा रहेको प्रसिद्ध निरन्जना भगवती मन्दिर परिसरमा प्रत्येक शनिवार, मंगलवार विशेष रुपमा पुजाआजा गर्नका लागि भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

सोही मन्दिर रहेको स्थान अर्थात् वेलकोटगढीकै नामवाट वेलकोटगढी नगरपालिकाको नामाकरण गरिएको छ । वेलकोटगढी नपा १० मा रहेको उक्त स्थानवाट नुवाकोटका अधिकांश र रसुवाको आंशिक स्थानहरु देख्न सकिन्छ । आकर्षक र मनमोहक रहेको उक्त स्थान आन्तरिक तथा वाह्य पर्यटकहरुको केन्द्र वन्दै गइरहेको स्थानीय युवा विपीन पौडेलको भनाई छ ।

सम्पदा संरक्षण अभियानअन्र्तगत निरन्जना भगवती मन्दिरमा द्वाररक्षक देवी वाहन (बाघ) को मुर्ति विधिवत् रुपमा स्थापना गरिएको छ । धार्मिक, सांस्कृतिक र पुरातात्विक रुपमा महत्वपुर्ण निरन्जना मन्दिर परिसर अर्थात् द्वारमा द्वाररक्षक देवीको वाहन स्वरूप बाघको विधिवत् स्थापना गरि थप आकर्षक वनाइएको छ ।

निरन्जना मन्दिरको प्रवेशद्वारमा देवीको वाहन स्थापना गर्नु संस्कृति, सुरक्षा र आध्यात्मिक चेतनाको प्रतीकात्मक अभिव्यक्ति हो । जसले मन्दिरको गरिमा र पवित्रता थप बढाएको वेलकोटगढी नगरपालिकाले जनाएको छ ।


सर्वाधिक रुचाइएको