धामिझांक्रीहरुलाई स्वास्थ्य प्रशिक्षण

– स्वास्थ्य सचेतनामा जोड
लोकखबर
२०८२ पुष ७, सोमबार २२:०८

बिदुर- स्वास्थ्य सचेतनामा जोड दिदै नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरमा परम्परागत धामीझांक्रीहरुलाई स्वास्थ्य प्रशिक्षण दिइएको छ । उनीहरुलाई आधुनिक स्वास्थ्य उपचार पद्धतीका सम्वन्धमा जानकारी गराइएको छ ।

दुप्चेश्वर गापा ६ करेजुङ र दुप्चेश्वर ७ शिखरबेसीका परम्परागत धामी झाक्रीका लागि सन्चालित स्वास्थ्य सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा गाउँपालिकाभित्र सक्रिय रूपमा कार्यरत धामी–झाँक्रीहरूको सहभागिता रहेको थियो ।

एकीकृत सामुदायिक बिकास परियोजना अन्तर्गत गाउंमा परम्परागत उपचार पद्धतिमा संलग्न धामी–झाँक्रीहरूलाई आधारभूत स्वास्थ्य सम्बन्धि ज्ञान, सुरक्षित उपचार अभ्यास तथा जटिल वा जोखिमपूर्ण अवस्थाहरूमा समयमै स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सचेत गराउने उद्धेश्यले तालिम प्रदान गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । तालिमको समापन गर्दै दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले परम्परागत विश्वास र आधुनिक स्वास्थ्य सेवाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै यस प्रकारका तालिमले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

तालिम दुप्चेश्वर गापाको समन्वयमा गुडनेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रुडेक नेपालद्वारा सन्चालन गरिएको हो । दुप्चेश्वरको करेजुङ र शिखरवेसीका ग्रामीण धामीझांक्रीहरुको तालिममा सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको