तादीमा राष्ट्रपति रनिङशिल्ड खेलकुद सुरु

– खेल क्षेत्रको विकासमा जोड
लोकखवर खेल संवाददाता
२०८२ पुष १०, बिहीबार २३:०८

बिदुर– विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तारको उद्धेश्यले नुवाकोटको तादी गाउंपालिकामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । तादी गापाको आयोजनामा तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विहीवार खरानीटारमा सुरु भएको हो ।

उक्त प्रतियोगिताको कार्यक्रमकावीच तादी गापा अध्यक्ष सन्तमान तामाङले उद्घाटन गरे । खेलकुदको प्रवद्र्धन र विकासका लागि गापाले विशेष अभियान सन्चालन गरेको उनको भनाई छ ।

प्रतियोगितामा तादीका नौ विद्यालयको दुई सय २५ जना विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स र भलिवल खेल सन्चालन गरिएको छ ।

प्रतियो्गिता उद्घाटन कार्यक्रममा तादी गापा खेलकुद विकास समितिका संयोजक तथा तादी ३ का वडाध्यक्ष सोनाम तामाङ, प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, वडाध्यक्ष अश्मिनकुमार पाण्डे, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, तादी गापा भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, तादी गापाका कर्मचारीहरुलगायतले खेलकुदको विकासमा विभिन्न धारणाहरु राखेका थिए । प्रतियोगितामा छात्र÷छात्रा तर्फको भविबल, एकसय मिटर दौड, दुईसय मिटर दौड, रिले दौड, ज्याभिलन थ्रो, सटफुट गरि विभिन्न एथलेटिक्स विद्यामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुने शिक्षा सहजकर्ता दीपक सिटौलाले जानकारी दिए ।

प्रतियोगितामार्फत बिद्यार्थी खेल जीवन र सिकाइलाई प्रभावकारी वनाउन, स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासन लगायतका बहुआयामिक गुणहरु विकास गर्न प्रभावकारी रहने अपेक्षा समेत तादी गापाले गरेको छ ।


सर्वाधिक रुचाइएको