कर्णाली अन्र्तराष्ट्रिय चलचित्र फेष्टिवल सम्पन्न

– चर्चित तथा ख्यातीप्राप्त कलाकारहरुको सहभागिता
लोकखवर मनोरन्जन संवाददाता
२०८२ पुष १८, शुक्रबार २१:२१

बिदुर– कर्णाली अन्र्तराष्ट्रिय चलचित्र फेस्टिवलको तेश्रो संस्करण सम्पन्न भएको छ । कार्यक्रममा चर्चित तथा ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो ।

चलचित्र विकास वोर्डको सहकार्य तथा रेड चेरीको आयोजनामा सन्चालित “तेश्रो कर्णाली अन्र्तराष्ट्रिय चलचित्र फेस्टिवल विविध कार्यक्रमसहित सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार तथा नायक शिव श्रेष्ठ, कर्णाली अन्र्तराष्ट्रिय चलचित्र फेस्टिवलका व्रान्ड एम्वेसडर तथा नायक प्रदीप खडका, फेस्टिभल निर्देशक चक्रवहादुर चन्द , नेपाल उद्योग वाणिज्य महासंघकी पुर्व अध्यक्ष एवं फेस्टिवल संरक्षक भवानी राणा, नेपाल पर्यटन वोर्डका वरिष्ठ प्रवन्धक सुर्य थपलिया, गुरांस गाउंपालिकाका अध्यक्ष टोपवहादुर बिसी तथा अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त फेष्टिवल चार चरणमा सम्पन्न हुने छ । सुर्खेत, दैलेख, जुम्ला र काठमाण्डौमा उक्त फेष्टिवल हुने चलचित्र विकास वोर्डले जनाएको छ ।

फेष्टिवल प्रदेश र चलचित्रबीचको सहकार्यलाई सुदृढ गर्दै नेपाली चलचित्रमार्फत प्रदेश र देशको पहिचान विश्वसम्म पु¥याउन निरन्तर सहभागिता रहनुका साथै चलचित्रसँगै पर्यटन, पर्यटनसँगै समृद्धिको लक्ष्य गरिएको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।


सर्वाधिक रुचाइएको