अमरज्योतिले जित्यो रनिङशिल्डको उपाधि
बिदुर– विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तारको उद्धेश्यले नुवाकोटको तादी गाउंपालिकामा सन्चालित राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । तादी गापाको आयोजनामा तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खरानीटारमा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा सर्वाधिक पदक जितेर अमरज्योति माद्यामिक प्राविधिक विद्यालयलले उपाधि जितेको छ ।

उपाधि विजेता तथा उपविजेतालाई कार्यक्रमकावीच तादी गापा अध्यक्ष सन्तमान तामाङले पुरस्कृत गरे । प्रतियोगिताको समापन गर्दै खेलकुदको प्रवद्र्धन र विकासका लागि गापाले विशेष अभियान सन्चालन गरेको उनको भनाई छ । उनले खेल जगतवाटै मानव जीवनमा सकारात्मक विकास हुने वताए ।

प्रतियोगितामा तादीका नौ विद्यालयको दुई सय २५ जना विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स र भलिवल खेल सन्चालन गरिएको थियो । प्रतियोगितामा उपाधि विजेता अमरज्योतिले ६ स्वर्ण, चार रजत र दुई कास्य पदक जितेको हो ।

उक्त प्रतियोगितामा द्वितीय भएको सुन्दरा मावि तादी–४ ले पांच स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ । तृतीय स्थान हासिल गरेकाने सुन्दरादेवी माविले दुई स्वर्ण, आठ रजत र चार कास्य पदक जितेको छ । सोही प्रतियोगितामा सान्त्वना भएको जागृत माविले दुई स्वर्ण, एकरजत र एक कास्य पदक जितेको छ ।

समापन कार्यक्रममा तादी गापा खेलकुद विकास समितिका संयोजक सोनाम तामाङ, गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, वडाध्यक्ष अश्मिनकुमार पाण्डे, विद्यालय निरिक्षकहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, तादी गापा भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरु, विद्यालयका अध्यक्षहरु, तादी गापाका कर्मचारीहरुलगायतले खेलकुदको विकासमा विभिन्न धारणाहरु राखेका थिए ।

उक्त प्रतियोगिता अन्र्तगत सन्चालित भलिवल प्रतियोगितामा छात्रतर्फ सुन्दरा मावि प्रथम र सुन्दरादेवी मावि द्वितिय, भलिवलकै छात्रातर्फ रालुका मावि प्रथम र सुन्दरादेवी मावि द्वितिय भए । प्रतियोगितामा छात्र/छात्रा तर्फको भविबल, एकसय मिटर दौड, दुईसय मिटर दौड, रिले दौड, ज्याभिलन थ्रो, सटफुट गरि विभिन्न एथलेटिक्स विद्यामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन सम्पन्न गरिएको शिक्षा सहजकर्ता दीपक सिटौलाले जानकारी दिए ।

प्रतियोगितामार्फत बिद्यार्थी खेल जीवन र सिकाइलाई प्रभावकारी वनाउन, स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासन लगायतका बहुआयामिक गुणहरु विकास गर्न मद्धत पुगेकोसमेत तादी गापाले गरेको छ ।


















































