दुप्चेश्वरमा छैटौं रनिङशिल्ड सम्पन्न
बिदुर– विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वर गाउँपालिकामा सन्चालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कृत गरिएको छ ।

दुप्चेश्वर गापाद्वारा चार दिनसम्म आयोजित उक्त प्रतियोगिता दुप्चेश्वर–५ स्थित कल्याण माविमा सन्चालन गरिएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । दुप्चेश्वर गापास्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सन्चालित छात्र भलिबलतर्फ ९ वटा विद्यालय र छात्रा भलिबलतर्फ ६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

हाइजम्प, लङजम्प तथा दौडतर्फ ११ वटा विद्यालय सहभागीता जनाएका थिए । छात्र भलिबलतर्फ कल्याण मावि प्रथम, कौकेश्वरी मावि द्वितीय र रुक्मणी मावि तृतीय भए । छात्रा भलिबलतर्फ कल्याण मावि प्रथम, रुक्मणी मावि द्वितीय र दुप्चेश्वर मावि तृतीय भए ।

हाइजम्प (छात्र)तर्फ घ्याङफेदी मावि प्रथम, कमलमाणिक मावि द्वितीय र दुप्चेश्वर मावि तृतीय भए । प्र्रतियोगिताको हाइजम्प (छात्रा) तर्फ घ्याङफेदी मावि प्रथम, कमलमाणिक मावि द्वितीय र कौकेश्वरी मावि तृतीय भए । लङजम्प (छात्र)तर्फ कल्याण मावि प्रथम, महादेव मावि द्वितीय, घ्याङफेदी मावि तृतीय भए ।

लङजम्प (छात्रा)तर्फ कल्याण मावि प्रथम, कमलमाणिक मावि द्वितीय र कौकेश्वरी माविले तृतीय पुरस्कार पाए । दौड (छात्र)तर्फ कल्याण मावि प्रथम, घ्याङफेदी मावि द्वितीय र कमलमाणिक मावि तृतीय भए । दौड (छात्रा)तर्फ कल्याण मावि प्रथम, भुमेस्थान मावि द्वितीय र माप्ले मावि तृतीय भए ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडी तथा विद्यालयलाई दुप्चेशवर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी, वडाध्यक्षहरुलगायतले शिल्ड, मेडल तथा ट्रफी, प्रमाणपत्र पुरस्कार वितरण गरे ।













































