अपांग सेवा संस्थालाई कार्यालय सामग्री

– पाठकद्वारा व्यक्तिगत रुपमा सहयोग
लोकखबर
२०८२ पुष २४, बिहीबार २२:४०

बिदुर– अपांगता सम्वन्धि गतिविधिमा कार्यरत एक संस्थाको कार्यालयका लागि नुवाकोटका एक सामाजिक महिलाले कार्यालय सामग्री उपलव्ध गराएका छन् । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाको कार्यालय व्यवस्थापन गर्नको लागि विदुर निवासी सामाजिक एक जना महिलाले विहीवार कार्यालय सामग्री प्रदान गरेकी हुन् ।

बिदुर नपा ४ विदुर घर भई सोही वडाको मेलमिलाप संयोजकसमेत रहेकीसामाजिक अभियन्ता भवानी पाठकघलेले उक्त संस्थालाई व्यक्तिगत रूपबाट ११ वटा कुर्सी खरिद गरि हस्तान्तरण गरेकी हुन् । पाठकघलेले आफुले सामाजिक जागरणको उद्धेश्यले आफ्नो तर्फवाट सानो भए पनि सहयोग गरेको वताइन् ।


सर्वाधिक रुचाइएको