विद्यार्थी खेलाडिहरुलाई पुर्व विद्यार्थीद्वारा पोशाक
– ड्रेस दिए खेलप्रेमी तिवारीले
बिदुर– खेलाडिहरुको उत्साह तथा सम्वद्र्धका लागि नुवाकोटको वेलकोटका एक जना युवा खेलप्रेमीले खेलाडिहरुलाई खेल सामग्री प्रदान गरेका छन् । वेलकोटगढी नगरपालिका वेलकोटका एक जना युवा खेलप्रेमीले विद्यार्थी खेलाडिहरुलाई एक/एक सेट खेल पोशाक हस्तान्तरण गरेका हुन् ।

बेलकोटगढी नपा ११ तल्लोतिगाउस्थित पञ्चकन्या माविका १५ जना विद्यार्थी खेलाडीहरूका लागि खेल पोशाक सहयोग गरी तिवारीले विद्यार्थीको हौसला बढाउन मद्धत गर्नुभएको प्रधानाध्यापक ठाकुरजंग पाण्डेले जानकारी दिए । सो विद्यालयका पूर्व विद्यार्थी नवराज तिवारीले आफ्नो ५२ औं जन्मदिनको अवसरमा उक्त बिद्यालयका विद्यार्थी खेलाडिहरुलाई खेल पोशाक हस्तान्तरण गरेका हुन् ।













































