एकिकरणको मुहानले छैन विर्सिएको पृथ्वीनारायणको योगदान
बिदुर– नुवाकोटवाटै वृहत नेपालको एकिकरण थालनी गरेका पृथ्वीनारायण शाहलाई आइतवार नुवाकोटवासीले उनको योगदान झलझली सम्झिए । नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सवै समुदायको सक्रियता वढेको छ । नेपाललाई राष्ट्रियताको सवालमा एकताको सन्देश सवै पक्ष मिलेर दिइरहने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

देशको रक्षाका लागि कुनै पनि हालतमा राष्ट्रिय एकतालाई नविर्सने सहभागीहरुले वताए । गत १८०१ साल असोज १५ गते आफ्ना गोर्खाली फौजमार्फत नुवाकोट टाकुंरोमा रहेको अशोकवाटिकामा पहिलो पटक विजयी पाइला चालेका पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्तीको सन्दर्भमा सदियौं पहिले नेपाललाई एकतावद्ध गरेका नेपाल एकिकरणका अगुवा पृथ्वीनारायण शाहको योगदान सदियौंसम्म पनि जीवन्त रहेको स्मरण गरिएको छ । उनीहरुले नुवाकोटमै जीवनका अन्तिम क्षण विताएका शाहको योगदानलाई कुनै पनि वहानामा कदापी भुल्न नहुने विचार अगाडि सारे ।

नेपाल एकिकरणका अगुवा पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्तीका अवसरमा सरकारले तीन वर्षदेखि सार्वजनिक विदा दिएकोमा उनीहरुले खुसीसमेत व्यक्त गरे । अव यस अवसरमा सदियौंसम्म निरन्तर विदा दिइनु पर्ने उनीहरुको माग रहेको छ । नुवाकोटमा आइतवार ३०४ औं पृथ्वी जयन्ती नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय क्षेत्र, पृथ्वी स्मारक देवीघाट र विदुरलगायतका स्थानमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नुवाकोटवाटै एकिकरणको पाइला चालेका र नुवाकोटको देवीघाटमा आफ्नो जीवनको अन्तिम क्षण विताएका पृथ्वीनारायण शाहको एकिकरणको योगदानलाई कुनै पनि परिवर्तनको आडमा भुल्न नहुने सहभागीहरुले वताएका छन् । पृथ्वीनारायण शाहले गत १८०१ साल असोज १५ गते नेपाल एकिकरणको विजयी सुरुवात गरेका नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय, पृथ्वीनारायणले देह त्याग गरेको देवीघाटस्थित उनको पुर्ण कदको शालिक स्थापित देवीघाट र सदरमुकाम विदुरमा राष्ट्रिय एकता दिवस मनाइएको हो । सहभागीहरुले नेपाल एकिकरणका नायक पृथ्वीनारायणको योगदानलाई कदर गरेर सरकारले अव नयां कदम चाल्नु पर्ने वताए ।

पृथ्वीनारायण शाहको योगदानलाई १९ वर्षदेखि परिवर्तनको आडमा सरोकारवालाले विर्सिएको कार्यक्रममा नागरिकहरुले पृथ्वी जयन्ती मनाउंदै उनको योगदान भुलेको गुनासो गरेका छन् । तीनवटै स्थानमा भएको कार्यक्रममा नेपालको इतिहासका नेता तथा शाहवंशीय अगुवा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नुवाकोटवासीले उनको पुर्णकदको शालिक रहेको देवीघाट, उनले नुवाकोट विजयपछि १८१६ सालमा आफ्ना सेनाहरुद्वारा निर्माण गरेका साततले दरवार राष्ट्रिय संग्रहालय परिसर र विदुरस्थित लोकतान्त्रिक चौतारीमा एकैपटक उनलाई सर्वसाधारणले गहिरो रुपमा सम्झेर योगदानको चर्चा गरेका छन् ।

त्रिशूली र तादी नदीको संगमस्थल देवीघाट पृथ्वीनारायणले देहत्याग गरेको र नुवाकोटको टाकुरो एकिकरणमा उनले १८०१ साल असोज १५ गते पहिलो विजय प्राप्त गरेको स्थान हो । तत्कालीन समयमा वाइसे र चौवीसे राज्य रहेको नेपाललाई एकिकरण गरि शाहवंशीय इतिहासमा छुट्टै र महत्वपुर्ण योगदान पु¥याएका पृथ्वीनारायण शाहको योगदानलाई गणतन्त्र र परिवर्तनका नाममा भुल्न नहुने जनप्रतिनिधि, स्थानीयवासी, शिक्षा, संस्कृतिविद तथा सहभागीहरुको भनाई छ ।

२२ वर्षकै उमेरमा १८०१ सालमा नुवाकोटवाट आक्रमण गरेर नेपालको एकिकरण सुरुवात गरेका पृथ्वीनारायण शाहले त्यसपछि वेलकोट, मालाकोट, कान्तिपुर, किर्तिपुरलगायत आक्रमणसंगै विजयी गरेर नेपाललाई एउटै वनाएका थिए । उनले नेपाल एकिकरण गर्नु अगाडि नबक्वाठको नामले चर्चित पछि अपभ्रंश हुंदै यस जिल्लाको नाम हाल पछिल्लो नुवाकोट रहन गएको हो ।

आफ्नो जीवनको अधिकांश समय एकता युद्ध र नेपाल एकिकरणमै विताएका पृथ्वीनारायण शाहको जन्म १७७९ सालमा गोरखा र निधन १८३१ सालमा नुवाकोटको प्रसिद्ध तीर्थस्थल देवीघाटमा भएको हो । उनले अन्तिम स्वास फेरेको देवीघाटस्थित ठुलो ढुंगामा पुर्ण कदको शालिक पुर्ननिर्माण गरिएको छ ।

सोहि शालिक परिसरमा विदुर नगरपालिकाको आयोजना तथा पृथ्वी स्मारक संरक्षण समितिको संयोजनमा नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको स्मरण गरिएको हो । सो शालिक २२ वर्ष अगाडि तत्कालीन नेकपा माओवादीले वम विष्फोट गराएर ध्वस्त पारेकोमा १५ वर्ष अगाडि पुर्ननिर्माण गरि शालिक पुर्नस्थापना गरिएको हो ।

पृथ्वीनारायणले १८१६ सालमा निर्माण गरेको साततले दरवार राष्ट्रिय संग्रहालय परिसर र देहत्याग गरेको देवीघाटको त्रिशूली नदीको किनारामा रहेको ढुंगामाथि निर्मित पुर्णकदको सालिक र विदुरमा पृथ्वीनारायणको शालिक तथा तस्वीरमा माल्र्यापण, झण्डोत्तलनसहित ३०४ औं पृथ्वी जयन्ती कार्यक्रम गरिएको हो । नुवाकोटका तीनवटा स्थानमा विविध कार्यक्रम गरि राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्ती मनाइएको हो । वाजागाजा तथा विशेष ¥यालीसहित भएका सवै कार्यक्रममा सहभागीहरुले पृथ्वी जयन्तीका अवसरमा नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहको उच्च योगदान रहेको वताए ।

पृथ्वी जयन्तीमा तीन वर्षदेखि सरकारले विदा दिन सुरु गरेर उनको योगदानको थोरै भएपनि सम्मान गरेको पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारले वताए । सरोकारवाला, सर्वसाधारण, जनाप्रतिनिधिसहितको विशेष ¥यालीले नुवाकोटको साततले दरवार तथा देवघिाट वजार परिक्रमासमेत गरेको थियो । देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थल जालपादेवी मन्दिर नजिकै पृथ्वीनारायण शाहको अन्तिम संस्कार गरिएको स्थलमासमेत प्रमुख अतिथी, विशेष अतिथी तथा सहभागीहरुले माल्र्यापण गरेका छन् ।

त्यसवेला नेपाल एकिकरण नगरेको भए नेपाल अहिलेको अवस्थामा नहुने सहभागीहरुले वताए । देवीघाटस्थित पृथ्वी स्मारक साततले दरवार संग्रहालय क्षेत्र दुवै स्थानमा इतिहासविद प्रा. डा. जगमान गुरुङ प्रमुख अतिथी रहेका थिए । उनले पृथ्वीनारायण शाहकै योगदानवाट नेपाल रहन गएको दावी गर्दै देशमा जतिसुकै परिवर्तन भएपनि पृथ्वीनारायण शाहको योगदान केहिसंग पनि तुलना नहुने चर्चा गरे । देवीघाटमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रा. डा. गुरुङले पृथ्वीनारायण शाहको पुर्णकदको शालिक तथा उनले देहत्याग गरेको ठुलो ढुंगामा माल्र्यापण गरे ।

उनले राष्ट्रिय एकता दिवस नेपालको दिवस भएको र नेपाल एक हुनुको योगदान पृथ्वीनारायण शाहलाई जाने वताए । पृथ्वी जयन्तीका अवसरमा सरकारले अपनत्व लिन सुरु गरेको सकारात्मक रहेको उल्लेख गर्दै उनले पृथ्वीनारायणको योगदानलाई कसैले पनि टाढा राख्न नहुने वताए । डा. गुरुङले पृथ्वीनारायण शाहको योगदान यो वा त्यो वहानामा भुल्न नहुने वताउंदै उनले अगाडि भने नेपालको चिनारी नै पृथ्वीनारायणको योगदानसंग जोडिएको कारण यसलाई वहसको विषय वनाइरहनु नपर्ने वताए ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नेपाललाई एक वनाएका पृथ्वीनारायण शाहको पृथ्वी स्मारक क्षेत्रमा विकास तथा पुर्ननिर्माण भइरहेको वताए । नेपालको एकिकरण गरेका पृथ्वीनारायण शाहलाई भुल्नु भनेको नेपालीहरुले आफ्नो पहिचान विर्सनु भएका कारण उनलाई उच्च सम्मानका साथ कदर गरिएको वताए । उनले एकतावद्ध रुपमा नुवाकोटवासीले राष्ट्रिय एकता दिवस मनाएको र यसवाट नेपालमा एकता रहेको सन्देश पुगेको वताए ।

कार्यक्रममा सहभागीहरुले एकिकरणको सुरुवातको भुमि नुवाकोटमा पृथ्वीनारायण शाहलाई सम्झन पाउनु नुवाकोटवासीकै महत्वको विषय भएको वताए । नेपाल एकीकरणको क्रममा मुख्य राज्य मानिएको नुवाकोटमा रहेको पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार क्षेत्र, पृथ्वीनारायण शाहको स्मारक क्षेत्र देवीघाट र लोकतान्त्रिक चोकमा विभिन्न झांकी, नाचगान, प्रवचनलगायतका कार्यक्रम गरि पृथ्वीनारायणको सम्झना गरिएको हो । नुवाकोट कुनै वेला २५ वर्षसम्म राजधानीका रुपमा रहेकोमा यसलाई राष्ट्रिय रुपमा वढोत्तरी गर्नु पर्ने सहभागीहरुले वताए ।

पृथ्वीनारायणले एकिकरणको सुरुवात गरेको साततले दरवार परिसर आयोजित कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठले पृथ्वीनारायण शाहले आफ्नो कुनै व्यक्तिगत तथा जातीयगत स्वार्थका कारण नभई राष्ट्रियताको भावनाले देशको एकिकरण गरेको वताउंदै कसैले आफ्नो पेशा, धर्म, कपडा, घर परिवर्तन गर्न सक्छ । तर, आफ्ना वाजे वराजु परिवर्तन गर्न नसक्ने वताए । कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरुले देशमा स्थायी शान्तिका लागि संविधान र संघीयताको कार्यान्वयन हुनु पर्ने वताए ।

संविधानको कार्यान्वयन हुन नसके देश फेरी समस्यामा पर्ने भएका कारण दलहरु मिलेर संविधान कार्यान्वयनका दिशातर्फ केन्द्रीत हुनु पर्ने उनीहरुको भनाई छ । जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलवहादुर तामाङले नेपालको एकतामा पृथ्वीनारायण शाहको योगदान विशेष र अतुलनीय रहेको वताए । उनलाई भुल्नु भनेको आफ्नै धरातललाई विर्सनु भएको पनि उनले बताए ।

उनले नेपालीले नेपालको अस्तित्व रक्षाको लागी पृथ्वीनारायणले ल्याएको आर्थिक, सामाजिक, परराष्ट्र, सुरक्षा नीतिकै कारण देश अहिले पनि चलिरहेको दावी गर्दै पृथ्वीनारायण नै नेपालको प्रजातान्त्रिक मुल्य मान्यता स्थापित गर्ने एकमात्र राजा भएको वताए । सहभागीहरुले अहिले देशमा जुन संघीयता खोजिदैछ, पृथ्वीनारायणले त्यतिवेलै नेपाल एकिकरण गर्दा राज्यमा स्वायत्तता दिएको तर्क गरे । विश्व हिन्दु महासंघ नुवाकोटका अध्यक्ष यज्ञराज केसीले नुवाकोटवाटै एकताको सुरुवात गर्नु पृथ्वीनारायणको शाहसी कार्य भएको पनि उनले वताए । 
पहिले शालिक ध्वस्त पार्नेहरु अहिले उनीप्रति झुक्न थालेको पनि दावी गरे । विदुर २ का वडाध्यक्ष दीपक कायस्थले एकता नै वलियो अभियान भएका कारण नेपाल एकिकरणका अगुवा पृथ्वीनारायण शाहको योगदानवारे चर्चा गरे । देशमा सवै क्षेत्र एकतावाटै वलियो हुने प्रमाणका अगुवा पृथ्वीनारायण शाह भएको उनले वताए ।
कार्यक्रममा विदुर नपा ५ का वडाध्यक्ष ललिानाथ न्यौपानेले पृथ्वीनारायण शाहले नेपाल एकिकरण नगरेको भए अहिलेको विशाल नेपाल नहुने तर्क गर्दै परिवर्तनको आडमा इतिहास विर्सन नहुने वताएका छन् ।

परिवर्तनलाई जात र जातीयतामा विभाजित गर्न नहुने उनको भनाई छ । पछिल्लो समय पृथ्वीनारायण शाहमाथि विभिन्न पक्षहरु खनिने गरेको उल्लेख गर्दै आयोजित कार्यक्रममा सहभागीहरुले पृथ्वीनारायण शाहकै कारण अहिलेको सिंगो नेपाल निर्माण भएको र यसलाई कहिले पनि भुल्न नहुने निष्कर्ष निकालिएको छ । सबै धर्म संस्कृतिको सम्मान गर्ने काममा पनि पृथ्वीनारायणको योगदान अग्रस्थानमा रहेको सहभागीहरुले वताए ।

कार्यक्रममा सहभागीहरुले ६५ वर्षको लामो संघर्षपछि नेपाली जनताका प्रतिनिधिले १० वर्ष अगाडि वर्ष जारी गरेको नेपालको संविधानको पुर्ण कार्यान्वयन हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको वताए । सहभागीहरुले दक्षिण एशियाकै एकिकरणका एकमात्र योद्धा पृथ्वीनारायण शाह भएको दावी गर्दै उनको योगदानको सरकारले कदर गर्नु पर्ने वताए । गोरखाका राजा पृथ्वीनारायणले कुमारीको हातबाट टिका लगाएर नुवाकोटमाथि विजय प्राप्त गरेको सहभागीहरुले वताए ।

सहभागीहरुले पृथ्वीनारायण शाहले गरेको नेपालको एकताले अहिले पनि मुलुक खण्डीकरण हुनबाट जोगिरहेको बताएका छन् । उनीहरुले अझै पनि एकताको खाँचो रहेको जोड दिँदै ‘पृथ्वीनारायण शाहको अथक एकताको प्रयासले अहिले नेपालले गौरव गर्न पाएको वताए ।’ पृथ्वी जयन्तीको अवसरमा नुवाकोटका तीन वटै स्थानमा सर्वसाधारण तथा विद्यार्थीको ¥याली, वाजागाजा, भजनकिर्तनसहित वजार परिक्रमा, प्रवचन, खेलकुद तथा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणलगायतको कार्यक्रम गरि पृथ्वीनारायणलाई सम्झिइएको हो ।

तीनै स्थानमा भएका कार्यक्रममा पृथ्वी जयन्तीको लागी सहयोग पु¥याउने विभिन्न व्यक्ति, विद्यालय तथा संघसंस्थालाई सम्मान गरिएको छ । सो अवसरमा सहभागीहरुले नेपाल एकिकरणका अगुवा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । सहभागीहरुले पृथ्वीको नीतिकै कारण आहिलेसम्म नेपाल स्वतन्त्र, अभिभाज्य र स्वाधिन रहेको ठहर गरे ।

सरकारले गत २०५७ सालदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडेकोमा तीन वर्ष अघिदेखि दिवस मनाउनका लागि सार्वजनिक विदा दिन सुरु गरेको थियो । पृथ्वीनारायण शाहको दिव्योपदेशले निर्देश गरेको नेपालको स्वाबलम्बन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न गरेका कार्यहरु पनि कार्यक्रममा जानकारी गराइएको पृथ्वी स्मारक संरक्षक समितिका उपाध्यक्ष रामकृष्ण भट्टले वताए । उनले कार्यक्रममा सहभागीहरुलाई नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वमा विभिन्न जातजातिले पु¥याएको योगदान, नेपालको परराष्ट्र नीतिमा दिव्योपदेशले निर्देश गरेका संकेतहरुका वारेमा पनि जानकारी गराइएको वताए ।

नुवाकोटमाथि पहिलो विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले नुवाकोटमा वसेर काठमाडौ उपत्यकामा विजय अभियान सन्चालन गरेका थिए । पृथ्वीनारायण शाहले तेश्रो प्रयासमा गत १८०१ साल असोज १५ गते नुवाकोट टाकुरोमाथि रहेको राज्यमाथि आक्रमण गरि आफ्ना फैजमार्फत विजय प्राप्त गरेका थिए ।

नुवाकोटपछि शाहले वेलकोट, किर्तिपुर तथा काठमाडौका राज्यहरुमाथि विजय हात पारेका थिए । नुवाकोटमा पृथ्वीनारायण शाहको पुर्णकदको शालिक, उनले वनाएको साततले दरवार तथा विभिन्न पुरातात्विक संरचनाहरु रहेका छन् ।
















































