चारतलाबाट खसेर नावालिकाको ज्यान गयो
– शव परिवारको जिम्मा
बिदुर– नुवाकोटको वट्टारमा घरको चार तलावाट खसेर एक जना नावालिकाको ज्यान गएको छ । उनको शव अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको छ ।
विदुर नगरपालिका २ वट्टार संगमचोकमा घरको चार तलावाट खसेर स्थानीय दुई वर्षिया नावालिका प्रनव्य थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नावालिका थापा आफ्नै घरको झ्यालवाट खसेर भुइमा लडि गम्भीर घाइते भएकोमा पहिले त्रिशूली अस्पताल लगिएको त्यहावाट रिफर भई काठमाडौंको न्युरो अस्पतालमा थप उपचारका लागि लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार नावालिका थापाको शव सोमवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम गरि परिवारले शव अनितम संस्कारका लागि वुझेको नुवाकोट प्रहरीले जनाएको छ ।












































