चारसय विद्यार्थीलाई न्यानो कपडा

– जाडोमा कौकेश्वरीका विद्यार्थीहरु उत्साहित
लोकखबर
२०८२ पुष २८, सोमबार २२:५८

बिदुर  जाडोयाममा नुवाकोटको पुर्वी भेगमा रहेको एक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । एकैपटक चारसय विद्यार्थीहरुलाई विद्यालयमा पुगेर न्यानो कपडा अर्थात् स्वेटर प्रदान गरिएको छ ।

दुप्चेश्वर गाउंपालिका –३ राउतवेसीस्थित कौकेश्वरी माविमा अध्ययनरत   तीनसय ८८ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरिएको हो । शिक्षा, स्वास्थ्य र सामाजिक कार्य गर्दै आएको काठमाडौं यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टको पहलमा युरो किड्स स्कुलका विद्यार्थीहरूले उक्त  विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा उपलवध गराएका हुन् ।

विद्यालयमा पुगेर ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, ट्रष्टका सहसचिव सरोज केसी तथा दाता विद्यार्र्थीहरुले उक्त विद्यालयमा पुगेर विद्यार्थीहरुलाई एक/एक सेट न्यानो कपडा अर्थात् स्वेटर प्रदान गरेका हुन् । उक्त सहयोगले जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो हुनुका साथै सामाजिक उत्तरदायित्व र सहकार्यको सन्देश प्रवाह गरेको ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीको भनाई छ ।


सर्वाधिक रुचाइएको