बृद्ध मृत अवस्थामा भेटिए
– अनुसन्धान जारी
बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको मात्रागाउंका एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीले गहन रुपमा घटनाको अनुसन्धान सुरु गरेको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका–८, मात्रागाँउका ६८ वर्षिय ज्ञानबहादुर कामी मृत अवस्थामा फेला परेको जिलला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आफ्नो घर देखि करिव पांचसय मिटर पश्चिम छिमेकीको बारीमा रहेको कटुसको रुखमा वृद्ध कामी झुण्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार वृद्धको मृत्युको सम्वन्धमा अनुसन्धान भइरहेको छ । घटनास्थल मुचुल्कासहित शव अस्पतालमा पोष्टमार्टम गरिएको छ ।












































