एकैपटक एकसय वढि विद्यार्थीलाई पोशाक
बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको दार्मेस्थित एक विद्यालयमा एकैपटक एकसय वढि विदार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।

सुर्यगढी गापा ४ दार्मेमा रहेको कुण्डला आधारभुत विद्यालयमा अध्ययनरत एकसय १५ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक र उनीहरुका लागि आवस्यक शैक्षिक सामग्रीहरु प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक प्रल्हाद भट्टराईले जानकारी दिए । सुर्यगढी गापा उपाध्यक्ष मन्जु बुढाथोकीढकाल र शिक्षाप्रेमी राजेन्द्र ढकालद्वारा उपलव्ध गराइएको पोशाक तथा शैक्षिक सामग्रीहरु एकैपटक विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयमा पुगेर गापा उपाध्यक्ष मन्जु बुढाथोकीढकाल, वडाध्यक्ष रामशरण राई, विद्यालयमा अध्यक्ष जुनील तामाङ, प्रअ प्रल्हाद भट्टराई, शिक्षक रमेश गिरी, शिक्षाप्रेमीहरुले पोशाक तथा शैक्षिक सामग्रीहरु विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । यसवाट विद्यार्थीहरुलाई जाडोयाममा सहजता र सुविधा पुगेको जनाइएको छ ।


























































