बेलकोटगढीको सातौं अधिवेसन
– विभिन्न निर्णयहरु पारित
बिदुर– नुवाकोटको बेलकोटगढी नगरपालिकाको सातौं अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले विभिन्न निर्णयहरु पारित गरेको छ । यसअघि, सातौ अधिवेसनको वे्लकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

उनले वेलकोटगढीलाई पर्यटकिय गन्तव्यको साथै कृषि, पशुपालन तथा उत्पादनको भण्डारको रुपमा विकसित गरिने वताए । नपा कार्यालय वाघखोरमा सम्पन्न दोस्रो नगरसभाको सातौं अधिवेशनमा सभाध्यक्ष तथा मेयर जगतबहादुर गुरुङद्वारा प्रस्तुत विभिन्न ऐन नियम र नीति बिद्यान बिधेयक पारित भएको छ । बेलकोटगढी नगरपालिकाको सभाहलमा सम्पूर्ण नगरसभा सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा सातौं अधिवेसन सम्पन्न भएको हो ।


















































