सुर्यगढी गापाको भवन निर्माण
बिदुर– नुवाकोटको उत्तरी भेगमा रहेको सुर्यगढी गाउँपालिकाको आफ्नै भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको् उद्घाटन कार्यक्रमको तयारी गरिएको गापाले जनाएको छ ।

सुर्यगढी गापा ३ चोकदेमा सुर्यगढी गापाको आधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न भएको हो । यससंगै सांढे सात वर्षदेखि सांघुरो र अस्थायी भवनवाट दैनिक कार्य गरिरहेको गापाको कामकाजमा सहजता र सरलता आउने सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घलेतामाङले वताए ।

उक्त भवन सांढे तीन तले हलसहित ३५ कोठाको रहेको छ । सुर्यगढी गापा र नेपाल सरकारको संयुक्त लागतमा उक्त भवन निर्माण भएको हो ।
कुल ११ करोड रुपैयाको लागतमा वनेको उक्त प्रशासकिय भवनका लागि सुर्यगढी गापाको ६० प्रतिशत र संघीय सरकारको ४० प्रतिशत लागत साझेदारी रहेको गापा प्रवक्ता रामशरण राइले जानकारी दिए । उनका अनुसार भवन निर्माणसंगै अव गापाले दैनिक कामकाज सन्चालन गर्न सुविधा पुगेको छ ।

नवनिर्मित सुर्यगढी गापाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रम माघ २ गते शुक्रबार हुने भएको छ । उक्त भवनको पुर्व अर्थमन्त्रि तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गर्ने कार्यक्रम तय भएको गापा अध्यक्ष शन्तवहादुर घलेतामाङले वताए ।















































