पन्चमिलनले जित्यो तारकेश्वरको रनिङशिल्ड
बिदुर– विद्यालयस्तरवाटै खेलकुदको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको तारकेश्वर गाउंपालिकामा सन्चालित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । तारुकाको आंपचौरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

तारकेश्वर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि पन्चमिलन कलादेवी माविले जितेको छ । पन्चमिलनले दुई स्वर्ण र दुई रजतसहित चार स्वर्ण पदकका साथ प्रतियोगिताको उपाधि उचालेको हो ।

उपविजेता पिमलटार माविले दुई स्वर्ण र एक कास्यसहित तीन पदक जितेको छ । तृतीय भएको कृष्ण माविले दुई रजत र एक कास्यसहित तीन पदक जितेको छ ।

श्रीकृष्ण माविको खेल मैदानमा भएको प्रतियोगितामा सात वटा माविका विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एथ्लेटिक्स, दुई सय मिटर दौड, लङजम्प, हाइजम्पलगायतका विभिन्न खेल विद्यामा विद्याथीृ खेलाडिहरुवीच प्रतिस्पर्धा गराइएको थियो ।

विजेता तथा उपविजेता खेलाडि तथा विद्यार्थीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत गर्दै तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले खेल क्षेत्रको विकास र विस्तारवाटै विद्यार्थीहरु अनुशासित हुने वताए ।

कार्यक्रममा तारकेश्वर २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, तारकेश्वर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठ, अन्य जनप्रतिनिधि, तारकेश्वर शिक्षा शाखाकी मन्जु प्रधान, तारकेश्वरका शिक्षाप्रेमी, सरोकारवालाहरुले विजेता तथा उपविजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।























































