मेरो माइक्रोफाइनान्सको साधारण सभा
बिदुर– नुवाकोटको वट्टारमा केन्द्रीय कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको वट्टारमा वुधवार सम्पन्न साधारण सभाले चार जना नयां सन्चालक निर्वाचित गरेको छ ।

साधारण सभाले पांच प्रतिशत लाभांशसहितको आर्थिक प्रवद्र्धन सम्वन्धि विभिन्न निर्णयहरु पारित गरेको छ । साधारण सभाले गत आव २०८१÷०८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु सर्वसम्मतरुपमा पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समितिमा ४ जनालाई निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूहतर्फ कल्याणबिक्रम पाँडे (ग्लोबल आइएमई बैंक लि), नेपालभुषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि) सुमन मुलेपती (सिटिजन्स बैंक इन्टरनेशनल लि) र सर्वसाधारणतर्फ सुनीता पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनीहरुलाइृ प्रमाणपत्र प्दान गरिएको छ ।

संचालक समितिका अध्यक्ष कल्याणबिक्रम पाँडेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा देशको वर्तमान आर्थिक परिवेशलाई मध्यनजर गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राही केन्द्रीत कार्यदिशाका साथ संस्था स्थिरता मात्र नभई दिगो र विश्वासिलो वृद्धितर्फ दृढतापूर्वक अघि बढिरहेको बताए । उनले संस्थालाई अझै विस्वासिलो वनाउंदै लगिने वताए ।

साधारण सभामा मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सेवाग्राही जनतालाई मध्यनजर गर्दै सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले सेवाग्राहीहरुलाई अझै प्भावकारी रुपमा सेवा प्रवाह गरिने प्रतिवद्धता जनाए ।

साधारण सभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नयां कार्यक्रमका साथ लेखापरीक्षकका नियुक्त गर्ने प्रस्तावसमेत अनुमोदन गरेको सन्चालक वद्रीप्रसाद पुडासैनीको भनाई छ । संस्थालाई विशेष रुपमा अगाडि वढाएर जनपक्षिय कार्यहरु गर्दै लगिने सन्चालक पुडासैनीको भनाई छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा एकसय ४९ शाखा रहेका छन् । ति शाखा कार्यालयमार्फत एकलाख ५३ हजार वढि सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेको सहायक प्रवन्धक राजु पुडासैनीको भनाई छ ।

संस्थाको हालसम्म निक्षेपतर्फ तीन अर्व ९८ करोड रुपैया मौज्दात रहेको छ । १५ अर्व १७ करोड कर्जा उठ्न वांकी रहेको छ ।

यसमा वैंक तथा वित्तिय संस्था सातवटा आवद्ध रहेका छन् । प्राइम, ग्लोवल, सिटिजन्स, प्रभु, सिद्धार्थ, कुमारी, लुम्विनी विकास वैंक आवद्ध रहेका छन् ।













































