कल्याणपुरमा पक्कि पुल निर्माण जारी

– पुर्व मुख्यमन्त्रिसहितका जनप्रतिनिधिद्वारा निरीक्षण
लोकखबर
२०८२ माघ १, बिहीबार २२:१९

बिदुर– नुवाकोटको पशिचमी भेग कल्याणपुरमा पक्कि मोटरेवल पुल निर्माण भइरहेको छ । निर्माणाधिन उक्त पुलको जनप्रतिनिधि तथा प्राविधिक टोलीले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।

विदुर नगरपालिका १३ मा सञ्चालित स्वास्थ्य चौकीसम्म पुग्नका लागि निर्माण भइरहेको पक्कि मोटरेवल पुल निर्माण कार्यको बागमती प्रदेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामातामाङलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । वागमति प्रदेस सरकार मार्फत कुल पाच करोड रुपैयाँको उक्त पुल निर्माण भइरहेको छ ।

उक्त पुलको पूर्वमुख्यमन्त्री लामातामाङका साथ विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, अन्य जनप्रतिनिधि तथा प्राविधिकहरुलगायतबाट स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ । पुल निर्माण कार्यको अनुगमनको क्रममा पूर्वमुख्यमन्त्री लामातामाङ, मेयर श्रेष्ठसहित विदुर १३ का अध्यक्ष भरत तामाङलगायतका जनप्रतिनिधि, स्थानीय सरोकारवाला लाभग्राही, नगरबासीहरुको सहभागिता रहेको थियो ।

पुलको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ । उक्त टोलीले गुणस्तरिय, प्रभावकारी रुपमा निर्माण गरेर तोकिएको अवधिभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनको लागी सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ ।


सर्वाधिक रुचाइएको