छात्रा भलिवलमा म्यागङ विजेता
बिदुर– खेल क्षेत्रको प्रवद्र्धन र उत्थानका लागि नुवाकोटको कोलोनीमा सन्चालित प्रथम खेलकुद साँस्कृतिक तथा पर्यटन उत्सवको अवसरमा जिल्लास्तरिय अन्तर पालिका छात्रा भलवल पतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा नुवाकोट भलिबल संघको सन्मवयमा सम्पन्न अन्तरपालिका छात्रा भलिबल प्रतियोगिताको उपाधि म्यागङ गापाले जितेको हो । उपाधिसंगै म्यागङले नगद ५० हजार रुपैयाका साथै कप, मेडल र प्रमाणपत्र पाएको छ ।

उक्त प्रतियोगितामा उपबिजेता दुप्चेश्वर गापाले नगद २५ हजार रुपैया, तृतीय भएको लिखु गापाले नगद १५ हजार रुपैया र सानत्वना भएको तादीले नगद १० नगद ५० हजार रुपैयाका साथै कप, मेडल र प्रमाणपत्र पाएको छ । खेलपछि आयोजित कार्यक्रममा म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङ, उपाध्यक्ष सीता वाइवा, महोत्सव आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, भलिवल खेंल संयोजक पाल्तेन लामालगायतले नगद पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे ।

पुरस्कार प्रदान गर्दै म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले यसवाट खेलाडिहरुको प्रवद्र्धन हुनुका साथै खेलाडिहरुको अनुशासित जीवनको मार्ग अगाडि वढ्ने वताए । यस प्रतियोगिताले गापामा रहेका भलिवल खेलाडिहरुको पहिचान र प्रवद्र्धनमा मद्धत पुगेको महोत्सव आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले वताए ।














































