श्रष्टा सम्मान तथा रचना वाचन
बिदुर– नुवाकोटमा साहित्यिक कार्यक्रमसहित श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गरिएको छ । साहित्यकारहरुलाई छनौट गरि सम्मानित गरिएको छ ।

नेपाली भाषा साहित्यलाई प्रवद्र्धन, उत्थान र जगेर्ना गर्ने उद्धेश्यले स्थापना भएको साहित्य संगम नुवाकोटले“ शनिवार नुवाकोटको बट्टारमा रचना वाचनका साथ नवप्रतिभा स्वागत र अग्रज स्रष्टा सम्मान“ कार्यक्रम गरेको हो । कार्यक्रममा रामप्रसाद जोशी नुवाकोट, बलराम अर्याल नुवाकोट, सुजन डोटेल नुवाकोट र उद्धब मिसन बाजुरालाई सम्मान तथा आजीवन सदस्यता प्रदलान गरिएको छ ।

कार्यक्रममा विभिन्न २५ जना साहित्यकारको रचना वाचन गरिएको थियो । बट्टारमा आयोजित कार्यक्रममा विदुर नपा ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले श्रष्टाहरुलाई सम्मानित गरेका थिए । स्रष्टा सम्मान, रचना बाचन तथा साहित्य अनर्तक्रिया कार्यक्रमलाई निरन्तरता दिइने आयोजक साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीले जानकारी दिइन् ।






















































