लेक लागेर बिद्यार्थीको ज्यान गयो

– गोसाइकुण्ड जांदा वाटोमा मृत्यु
लोकखबर
२०८२ माघ ७, बुधबार २२:११

बिदुर– नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको घ्याङ्फेदीका एक जना बिद्यार्थीको लेक लागेर जयान गएको छ । गोसाइकुण्ड जाने क्रममा वीच वाटोमै लेक लागेर स्कुल विद्यार्थीको ज्यान गएको हो ।

दुप्चेश्वर गाउंपालिका १ स्थित घ्याङ्फेदी माविको कक्षा – १० मा अध्ययनरत स्थानीय हुप्केल घर भएका १७ वर्षिय सूर्यमान तामाङको साथीहरसंग गोसाइकुण्ड जाने क्रममा वीच वाटामै मृत्यु भएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । तीन जना साथीहरुसंग गोसाइकुण्ड जाने क्रममा वीच वाटोमा वास वसेका वेला लेक लागेर बिद्यार्थी तामाङको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएको अध्यक्ष थापाले वताए ।

बिद्यार्थी तामाङको  मृत्यु भएपछि शव वोकेर गाउं ल्याएर अन्तिम संस्कार गरिएको स्थानीयवासीले वताए । घ्याङ्फेदी नुवाकोटको दुर्गम भेग हो भने उक्त स्थानवाट पैदल हिडेर गोसाइकुण्ड जाने पदमार्ग सन्चालनमा रहेको छ ।


सर्वाधिक रुचाइएको