अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

– तारकेश्वर अध्यक्ष अधिकारीले गरे उद्घाटन
लोकखवर खेल संवाददाता
२०८२ माघ ८, बिहीबार २२:२७

बिदुर– स्थानीयस्तरवाटै फुटवलको विकास र विस्तारका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकाको जव्वरेचौरमा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता गाउंका खेलाडिहरुको पहिचान तथा प्रवद्र्धनका लागि सहयोगी हुने जनाइएको छ ।

तारकेश्वर गापा १ स्थित दाङसिङ जब्बरेचौरमा सोही गाउँपालिकाद्वारा निर्मित दुबोसहितको आधुनिक खेलकुद रङ्गशालामा आयोजित प्रतियोगिताको गापा अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकार, तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङलगायतले फुटवल खेलवाटै खेलाडिहरुको पहिचान हुने वताए ।

सो प्रतियोेगितामा १७ वटा फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता माघ १६ गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गापा अध्यक्ष अधिकारीले रङ्गशाला निर्माण गरी धुलोमा नभई दुबोमा फुटवल प्रतियोगिता गराइएकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष अधिकारीले रङ्गशालाका अतिरिक्त गाउँपालिकाको प्रशासकीय भवन विभिन्न समस्याका बावजुद निर्माणको अन्तिम चरणमा पुगेको वताए । साथै १० शैह्याको अस्पतालको पनि निर्माण कार्य अघि बढिरहेको र दाङसिङवासीको लामो समयदेखिको चाहना अनुरूप दाङसिङ माविमा १० जोड २ को कक्षा सञ्चालन गर्न सफल भएको स्मरण गर्दै आफूले लिएका संकल्प र प्रतिबद्धताहरूमा सम्पूर्ण लगाव र दृढताका साथ काम गरिरहेको दावी गरे ।

उनले समृद्ध तारकेश्वरको अभियानमा आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको भन्दै उहाँले सकारात्मक सोचका साथ सबै मिलेर विकासको अभियानमा हातेमालो गर्नुपर्नेमा जोड दिए । सबैलाई जोड्ने र सबैलाई चिनाउने सबैभन्दा उत्तम र शक्तिशाली माध्यम नै खेलकुद भएको बताउँदै अध्यक्ष अधिकारीले विशेषगरी युवावर्गको एकता, जागरण र सशक्तीकरणका लागि खेलकुदको विकास सदैव आफ्नो प्राथमिकतामा रहिआएको उल्लेख वताए ।

 

 


सर्वाधिक रुचाइएको