गाउंका बिद्यार्थीलाई न्यानो पोशाक

– शैक्षिक सामग्रीहरुसमेत हस्तान्तरण
लोकखबर
२०८२ माघ ८, बिहीबार २३:००

बिदुर– गाउंका विद्यार्थीहरुलाई अध्ययनप्रति जागरुक वनाउने उद्धेश्यले नुवाकोटको दक्ष्णिाी भेगमा रहेको तारकेश्वरको दुई वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो पोशाकका साथै शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको छ । विद्यालयलाई उपकरण प्रदान गरिएको छ ।

तारकेश्वर गाउंपालिका २ को  गणेशमान सिंह आबि र तारकेश्वर ४ को गौरेश्वर आबिमा अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री, खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । यसका साथै बिद्यालयको लागि आवश्यक प्रिन्टरसमेत प्रदान गरिएको छ ।

शिक्षाप्रेमी तथा तारकेश्वर ४ का वडासदस्य रामकाजी थापा स्वर्णिमको पहलमा उपलव्ध भएको ति सामग्रीहरु विद्यालयमा पुगेर हस्तान्तरण गरिएको हो । तारकेश्वर ४ स्थित गौरेश्वर आधारभूत विद्यालयलाई एक थान प्रिन्टरका साथै विद्यार्थीहरुलाई एक/एक थान न्यानो ट्रयाकसुट र एक/एक जोर जुत्ताका साथै शैक्षिक तथा खेलकुदका सामग्रीहरु उपलव्ध भएको विद्यालयले जनाएको छ ।

गणेशमान आधारभुतमा १५ र गौरेश्वरमा २५ जना विद्यार्थीहरुलाई उक्त सामग्रीहरु उपलवध गराइएको थापाले वताए । उनले शैक्षिक सहयोगलाई निरन्तरता दिइने वताए ।


सर्वाधिक रुचाइएको