दशौं झिल्टुङ क्रसकन्ट्रि प्रतियोगिता सुरु
बिदुर– नुवाकोटको ऐतिहासिक क्षेत्रको प्रवद्र्धनको उद्धेश्यले गरिदै आएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करण सुरु भएकोे छ । खेल पर्यटनको मुख्य लक्ष्यसहित आयोजित उक्त प्रतियोगिता राष्ट्रिय धावकहरुको सहभागितामा विहीवारदेखि सुरु भएको हो ।

बेलकोटगढी नगरपालिकाको आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताले राष्ट्रिय तथा स्थानीय खेलाडीहरुले आफ्नो धावक कला प्रस्तुत गर्नेछन् । उक्त प्रतियोगिताको कार्यक्रमकावीच बागमती प्रदेशका पुर्व मुख्यमन्त्री बहादुरसिंह लामातामाङले उद्घाटन गरे ।
उनले खेलकुदवाट मानव जीवनमा सकारात्मक परिवर्तन हुनुका साथै यसलाई विशेष प्रमुखता दिइनु पर्ने वताए । प्रतियोगिताले खेलाडिहरुको पहिचान र खेल पर्यटनको प्रवद्र्धन हुने उनले वताए ।

दशौँ क्रिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिताको उद्घाटन कार्यक्रममा मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, कार्यपालिका सदस्यहरु तथा नगरसभा सदस्यहरु तथा धावकहरुको सहभागिता रहेको थियो । प्रतियोगिता वेलकोटगढी नपा ५ कोल्पुटारमा उद्घाटन गरिएको हो ।

मेयर गुरुङले यस प्रतियोगितालाई नगरले आयोजना गरेको भएपनि राष्ट्रिय खेल पर्वको रूपमा मनाउन सुरु गरिएको वताए । प्रतियोगिताअन्तर्गत धावकहरूले शनिबार विभिन्न विद्यामा प्रतिस्पर्धा गर्नेछन् ।

स्थानीय खेलकुद प्रवद्र्धन र युवाको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितालाई भव्य बनाउन सबैलाई सहभागी हुन उद्घाटनका अवसरमा मेयर गुरुङले आग्रह गरेका छन् । तीन दिनसम्म खेल महोत्सवका रुपमा गरिने उक्त प्रतियोगितामा विभिन्न १० ईभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानीय पुरुषमा १३ दशमदव ४ किलोमिटर दौड प्रतियोगिता गरिनेछ ।

जसमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक बेलकोटगढी नपाले जनाएको छ । खुल्ला र स्थानीयको यू–१८ र यू–१६ छात्र/छात्रा तथा आमा/बुवा समूहको ४ दशमलव ५ किलोमिटर दौडमा प्रथम हुनेले १८ हजार, दोश्रो हुनेले १२ हजार र तेश्रो हुनेले आठ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा वाक एण्ड टक अर्थात् हिंड्दै र गफ गर्दै विद्यासमेत राखिएको छ ।

प्रतियोगिता आयोजक तथा संरक्षक बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले यस झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको दशौँ संस्करणले स्थानीय पहिचान, पैवद्र्धन, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि स्थानयि धावकहरुसमेत पहिचान हुने वताए । दाहालले मानव जीवनमा खेल क्षेत्रको निकै महत्व रहेका कारण झिलटुङ क्रसकन्ट्री दौडलाई निरन्तरता दिइएको र यसलाई प्रभावकारी वनाइने वताए ।

उनले यसलाई राष्ट्रियस्तर मात्रै नभई अन्तर्राष्ट्रियमा विस्तार गरिनुपर्ने समय आएको वताए । नुवाकोटका विभिन्न तथा राष्ट्रियस्तरका धावक सहभागीता रहने उक्त दौड बेलकोटगढी नपा ५ स्थित कोल्पुटारबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै पुनः कोल्पुटारमै पुगेर टुंगिने आयोजकले जनाएको छ । निकै मनमोहक र आकर्षक स्थान गरिने उक्त दौडले खेल पर्यटनलाई उजागर गर्ने आयोजकले जनाएको छ ।

खेल पर्यटनको मुल उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागिताका लागि बेलकोटगढी नपा कार्यालय र काठमाडौंस्थित एथलेटिक्स परिवार नेपालको कार्यालयमा सम्पर्क गर्नु पर्ने आयोजकले जनाएको छ ।















































