वागमति प्रदेशस्तरिय फुटवल सुरु

– उद्घाटन खेलमा नुवाकोटद्वारा दोलखा पराजित
लोकखवर खेल संवाददाता
२०८२ माघ ९, शुक्रबार २२:३१

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगित सुरु भएको हो ।

उक्त प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले उद्घाटन गरे । उनले फुटवल खेलले खेलाडिहरुको पहिचान र खेल प्रवद्र्धनमा मद्धत पुगेको वताए । सदस्य सचिव लामाले नुवाकोटमा खेलको लागि खेलकुद अक्षयकोष स्थापनामा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नुवाकोट फुटवल संघको आयोजना, विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा प्रतियोगिता सुरु भएको हो । यहि माघ १४ गते फाइनल खेल हुने प्रतियोगिता नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानमा सन्चालन भएको हो ।

वागमति प्रदेशका छात्रतर्फ आठ विद्यालय र छात्रातर्फ सात विद्यालय टोलीहरूको सहभागिता रहेको सो प्रतियोगिताको शुक्रवार सम्पन्न उद्घाटन खेलमा नुवाकोट विजयी भएको छ । आकर्षक खेलमा अर्किड एकेडेमी नुवाकोटले ५ गोल गरि अल्पाइन पव्लिक विद्यालय दोलखालाई पराजित गरेको हो ।

दोलखाले १ सान्त्वना गोल गरेको छ । प्रतियोगितामा विजेत अर्किड नुवाकोटका सन्जिव कुमाल म्यान अफ दि म्याच भए । नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा उद्घाटन खेलमा नुवाकोटको अर्किडसंग पराजित अल्पाइन पव्लिक विद्यालय दोलखा घर फर्किएको छ ।

प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको अखिल नेपाल फुटवल संघका पुर्व केन्द्रीय सहकोषाध्यक्ष पुर्णमान चित्रकारको भनाई छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटी, खेल संयोजक संयोजक तथा वागमति फुटवल संघका वरिष्ठ उपाध्यक्ष दीपक चित्रकार, नुवाकोटका अध्यक्ष देवनारायण चित्रकार, उपाध्यक्ष अच्युतराज महन्तगिरीलगायतले खेलप्रेमी दर्शक तथा सरोकारवालाहरूलाई प्रतियोगिता विस्तारमा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न अनुरोध गरे ।


सर्वाधिक रुचाइएको