तेक्वान्दो संघको पांचौ अधिवेसन
बिदुर– नुवाकोट तेक्वान्दो संघको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले नयां नेतृत्व चयन गरेको छ ।

अधिवेसनले अध्यक्षमा शरण घलेलाई चयन गरेको छ । बट्टार नागटारीस्थित कभर्ड हलमा सम्मपन्न अधिवेसनले आगामी कार्यकालका लागि नौ सदस्यीय नयां कार्यसमिति निर्विरोध चयन गरेको हो ।

अधिवेसनले उपाध्यक्षमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सुमन श्रेष्ठलाई चयन गरेको छ । सदस्यहरुमा गणेश राई, राजु लामा, सुजन लामामोक्तान, कविन्द्र कारञ्जित, संगीता खातीलाई चयन गरेको छ ।

यसअघि अधिवेसनको राष्ट्रिय खेलकुद परिसदका सदस्य तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामाघिसिङले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेश सदस्य कवि मालि, जिल्ला खेलकुद विकस समितिका अध्यक्ष विजय गुरुङ, काठमाडौ जिल्ला तेक्वान्दो संघका सहसचिव दुर्गामान तामाङ, काठमाडौं जिल्ला सदस्यहरु कुमार तामाङ र सरोज मोक्तानलगायतले तेक्वान्दो र खेल क्षेत्रको महत्वका विषयमा चर्चा गरेका थिए ।


















































