नुवाकोटले पायो वाकओभर, धादिङ र काभ्रे विजयी
बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्र्तगत आइतवार तीन खेल सम्पन्न भएको छ । छात्रातर्फको प्रतियोगिताको पहिलो खेलमा नुवाकोटले वाकओभर पाएको छ ।

नुवाकोटसहित चार टिम सेमिफाइनलमा प्रवेश गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो ।

नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानमा सन्चालन भएको प्रतियोगितामा आआफ्नो टिमबाट नकआउट विजेता हुदै अर्किंड एकेडेमी नुवाकोट, व्रायटफ्युचर वोर्डिङ स्कुल धादिङ, भालेश्वर मावि काभ्रे र कालीदेवी मावि सिन्धुपाल्चोक अन्तिम चारमा प्रवेश गरेका हुन् । उक्त प्रतियोगिताको आइतवार पहिलो नकआउट खेलमा कुश्वेश्वर मावि सिन्धुल िअनुपस्थित भएपछि अर्किड एकेडेमी नुवाकोटले वाई पाएर सोझै सेमिफाइनल चरणमा प्रवेश गरेको हो ।

दोश्रो खेलमा व्राइटफ्युचर धादिङले होलिभिजन पव्लिक स्कुल चितवनलाई पराजित गरि सेमिफाइनल चरणको ढोका उघारेको हो । उक्त खेलमा व्राइटफ्युचरकी अस्तिका खरेल म्यान अफ दि म्याच भइन् ।

तेश्रो खेलमा भालेश्वर मावि काभ्रेले कालिन्चोक अंग्रेजी विद्यालय दोलखालाई पराजित गरि सेमिफाइनल चरणमा प्रवेश गरेको छ । आकर्षक र प्रतिस्पर्धात्मक उक्त खेलमा निर्धारित समयभित्र दुवै विद्यालयले एक÷एक गोल गरेर खेल वरावरी भएपछि ट्राइव्रेकरमार्फत परिणामा निकालिएको थियो ।

ट्राइव्रेकरमा भालेश्वरले तीनका विरुद्ध चार गोल गरेर सेमिफाइनल यात्रा तय गरेको हो । सोही टिमकी जोनिशा श्रेष्ठ म्यान अफ दि म्याच भइन् ।
यसअघि नै सिन्धुपाल्चोकको कालीदेवी मावि बाई पाएर सेमिफाइनल चरणमा प्रवेश गरिसकेको छ । विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा सन्चालित प्रतियोगितामा छात्रतर्फ वागमति प्रदेशका आठ विद्यालय र छात्रातर्फ सात विद्यालय टोलीहरूको सहभागिता रहेको आयोजक नुवाकोट फुवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।

दिवंगत खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी,दिवश बानियाँ प्रीयान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारको भनाई छ । प्रतियोगिता यहि माघ १४ गते वुधवार फाइनल खेल हुने आयोजकले जनाएको छ । 
















































