नेपाल–अफ्रिका अन्र्तराष्ट्रिय फिल्म फेष्टिवल

– कला, संस्कृति र सिर्जना एकैस्थानमा
लोकखवर मनोरन्जन संवाददाता
२०८२ माघ १४, बुधबार ०१:१३

बिदुर – नेपाली चलचित्रलाई विश्वमञ्चमा चिनाउने उद्धेश्यले आयोजित नेपाल अफ्रिका अन्र्तराष्ट्रिय फिल्म फेस्टिवल सम्पन्न भएको छ । फेष्टिवलमा कला, संस्कृति र सिर्जना एकैस्थानमा प्रस्तुत गरिएको छ ।

चलचित्र विकास बोर्डको सहयोग तथा विलक्षण क्रियशन प्रालि र कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनको आयोजनामा “चौधौं नेपाल अफ्रिका अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल” सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल २०२६ ले नेपाली सिनेमा र संस्कृतिलाई विश्वमञ्चमा चिनाउन मद्धत पु¥याएको छ ।

नेपाल सहित २० देशका ४३ वटा चलचित्र फेष्टिवलमा सहभागी थिए । फेष्टिवलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २६ विद्यामा अवार्ड प्रदान गर्दै सिनेमा, कला, संस्कृति र सिर्जनात्मक संवादलाई एकै थलोमा जोडिएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

उनले सिनेमा केवल मनोरञ्जन मात्र नभई यो नेपालकोे पहिचान, संस्कृति र भविष्यसमेत रहेको वताए । फेष्टिवलमा अफ्रिकन, अन्तर्राष्ट्रिय, नेपाली तथा आदिवासी चलचित्रहरूको प्रदर्शन, कलाकार, निर्देशक, संगीतकार, प्राविधिक र प्रशिक्षार्थीहरूको सम्मान, चलचित्र, प्रकृति र संस्कृति भावसहित फोटो प्रदर्शनी, नृत्य प्रशिक्षण, चलचित्र प्रदर्शनी र सिने संवाद गरिएका थिए ।

यसले नेपाली चलचित्र उद्योगलाई विश्वसँग जोड्ने यात्रामा सहयोग गरेको वोर्डले जनाएको छ । वोर्डले नेपाली चलचित्रको स्तरवृद्धिका लागि विशेष कार्य गर्दै आइरहेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।


सर्वाधिक रुचाइएको