सिन्धुपाल्चोक र सिन्धुली उपाधि विजेता
बिदुर – फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित बागमती प्रदेशस्तरीय अण्डर–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता वुधवार सम्पन्न भएको छ । प्रतियोेगिता अन्र्तगत छात्रातर्फ सिन्धुपाल्चोक र छात्रतर्फ सिन्धुली विजेता भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि प्रवद्र्धन गर्ने उद्धेश्यले वागमति प्रदेश फुटवल संघको मुख्य आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदान वट्टारमा सम्पन्न भएको छात्रातर्फको फाइनल खेलमा सिन्धुपाल्चोकले काभ्रेलाई पराजित गरि उपाधि उचालेको हो ।

प्रतियोगिताको छात्रातर्फको फाइनल खेलमा भालेश्वर मावि काभ्रेलाई कालिदेवी मावि सिन्धुपाल्चोेकले पराजित गरि उपाधि जितेको हो । खेलमा विजेता कालिदेवी सिन्धुपाल्चोेकले ट्राइवेकरमा तीनका विरुद्ध चार गोलले पराजित गरेको हो । फाइनल खेलको म्यान अफ दि म्याच जेनिशा श्रेष्ठ भइन् । छात्रातर्फको खेलमा वागमति प्रदेशका सात विद्यालय टोलीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्र्तगत छात्रतर्फकोे फाइनलमा सिद्धास थली विद्यालय सिन्धुलीेले अर्किड एकेडेमी नुवाकोटलाई ट्राइवेकरमा पराजित गरि उपाधि जितेको हो । आकर्षक, प्रतिस्पर्धात्मक र रोमान्चक खेलको निर्धारित खेल अवधिमा दुवै विद्यालयवाट एक÷एक गोल भएपछि खेल ट्राइवेकरमा गएको थियो ।

ट्राइवेकरमा सिन्धुलीले नुवाकोटलाई तीनका विरुद्ध चार गोलले पराजित गरेको हो । खेलमा शिशिर श्रेष्ठले म्यान अफ दि म्याचको पुरस्कार पाए । प्रतियोगितामा छात्रतर्फ अर्किड एकेडेमीका विवेक तामाङले उत्कृष्ट खेलाडि, सिन्धुलीका शिशिर अधिकारीले उत्कृष्ट गोलरक्षक, धादिङका संगम गुरुङले वेष्ट हाइस्कोरर र सिन्धुलीका अमृत कार्कीले उतकृष्ट प्रशिक्षकको पुरस्कार पाए ।

प्रतियोगितामा छात्रातर्फ कविता तामाङले उत्कृष्ट खेलाडि, जेनिश श्रेष्ठले उत्कृष्ट गोलरक्षक, आशिका खरेलले वेष्ट हाइस्कोरर र सिन्धुपाल्चोकका रोहन श्रेष्ठले उतकृष्ट प्रशिक्षकको पुरस्कार थापे । प्रतियोगितामा छात्रतर्फ वागमति प्रदेशका आठ विद्यालयको सहभागिता रहेको नुवाकोट फुटवल संघका अध्यक्ष देवनरायण चित्रकारले जानकारी दिए । छात्र तथा छात्रातर्फका विजेताहरुले नगद २०/२० हजार र उपविजेताहरुले नगद १०/१० हजार रुपैयाका साथ शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार पाए ।

विजेता तथा उपविजेताहरुलाई विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले खेल जीवनमा मानिसलाई सकारात्मक वनाउने वताए । खेलको विकासका लागि विदुर नपाले विभिन्न सक्रियता अपनाइरहेकोसमेत वताए ।

विदुर नपा र वागमति प्रदेश खेलकुद परिषदको संरक्षकत्वमा सन्चालित प्रतियोगिताले विद्यालयका विद्यार्थी खलाडिहरुको खेल प्रवद्र्धन हुनुका साथै पहिचानसमेत भएको नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । दिवंगत खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवश बानियाँ प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिताले बाल–किशोर खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको वागमति फुटवल संघका अध्यक्ष निरज श्रेष्ठले वताए ।






















































