मेयर कप फुटवलको तयारी पुरा

– ‘विजेता तथा उपविजेतालाई नगद पुरस्कार’
लोकखवर खेल संवाददाता
२०८२ माघ २९, बिहीबार २३:३१

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महारानीडिहीमा मेयर कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । फागुन २ गतेद्खि सन्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विदुर नगरपालिका ६ महारानीडिहीमा फागुन २ गतेबाट ९ गतेसम्म आयोजित प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

विदुर नगरपालिका ६ बडा कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा उक्त प्रतियोगिता तयारी गरिएको हो । प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । प्रतियोगिताको संरक्षकमा विदुर नगरपालिका रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडिलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको लागि मैदान मर्मतका साथै विभिन्न तयारी पुरा भएको छ । प्रतियोगिताको लागि मैदानलाई खेल योग्य र आकर्षक बनाउन स्थानीय युवाहरु क्रियाशील भएका थिए ।

प्रतियोगितामा विदुर नगरपालिकाभित्र रहेका सबै १३ वडाको टिसहितका खेलाडिहरुको सहभागिता रहने संरक्षक तथो विदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतासहित खेल पर्यटनको स्तर विकासका लागि खेलकुदमा विशेष कार्य गरिरहेको बताए । प्रतियोगितामा सहभागीताको लागि खेलाडीले आफ्नै सम्वन्धित वडाबाट मात्र खेल्न पाउनेछन् ।

विदुर नगरपालिका वाहिरका अन्य ३ जना खेलाडी खेलाउन पाइने जनाइएको छ । प्रतियोगिताको लागि नौ वटा टिमको सहभागिता पक्का भइसकेको छ । थप वडालाई समेत सहभागिताको लागि पहल गरिरहेको मेयर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका खेलहरु विदुर नपार ६ महारानीडिहीस्थित खेल मैदानमा संचालन हुनेछ ।


सर्वाधिक रुचाइएको