इनारपाटीमा मेयर कप फुटवल सुरु
बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महारानीडिहीमा मेयर कप फुटवल प्रतियोगिता सन्चालन गरिएको छ । प्रतियोगिता शनिवार सुरु भएको हो । विदुर नगरपालिका ६ महारानीडिहीमो प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको शनिवार बिदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।

उनले नपाले खेलकुदको विकासका लागि विभिन्न योजनाहरु सन्चालन गरिरहेको वताए । उनले नगरपालिकाले खेलकुद क्षेत्र र प्रतिभावान खेलाडिलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित विशेष प्राथमिकतासहित खेल पर्यटनको स्तर विकासका लागि खेलकुदमा विशेष कार्य गरिरहेको बताए । विदुर नगरपालिका ६ बडा कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा सन्चालित उक्त प्रतियोगितामा विदुर नपाका विभिन्न १० फुटवल टिमहरुको सहभागिता रहेको छ ।

फागुन ९ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । प्रतियोगिताको संरक्षक विदुर नगरपालिका रहेको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडिलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको शनिवार उद्घाटन खेल सम्पन्न भएको छ ।

आयोजक विदुर ६ र विदुर ७ फुटवल टिमवीच भएको आकर्षक/रोमान्चक खेलमा निर्धारित समयभित्र दुवै सिटमवाट एक/एक गोलसहित वरावरी भएकोमा दुवैको समान समान अर्थात् एक/एक अंक पा्प्त भएकोमा ट्रसमार्फत विदुर ७ समूह घ को विजेता र विदुर ६ समूह घ को उपविजेता भई क्विार्टरफाइनल चरणमा प्रवेश गरेको छ । खेलमा विदुर ६ का विकास लामिछानेले म्यान अफ दि म्याचको पुरस्कार पाए । प्रतियोगिताको लागि खेलमैदानलाई मर्मत र आकर्षक बनाइएको थियो ।

प्रतियोगितामा विदुर नपाभित्र रहेका विभिन्न वडाको टिसहितका खेलाडिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताको लागि खेलाडीले आफ्नै सम्वन्धित वडाबाट मात्र खेल्न पाउनेछन् । विदुर नगरपालिका वाहिरका अन्य ३ जना खेलाडी खेलाउन पाइने जनाइएको छ । प्रतियोगिताका खेलहरु विदुर नपार ६ महारानीडिहीस्थित खेल मैदानमा संचालन भइरहेको छ ।




















































