मेयर कप फुटवलमा एकैदिन तीन खेल
बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महारानीडिहीमा सन्चालित मेयर कप फुटवल प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता अन्र्तगत आइतवार तीन खेल सम्पनन भएका छन् ।

विदुर नगरपालिका ६ महारानीडिहीमा प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको आइतवार भएका तीन छुट्टाछुट्टै खेलवाट बिदुर १२, बिदुर ३ र बिदुर ९ विजयी भएर आफ्नो अंक तालिका वढाएका छन् । विदुर नगरपालिका ६ बडा कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा सन्चालित उक्त प्रतियोगिताको आइतवार सम्पन्न पहिलो खेलमा बिदुर १२ ले बिदुर १३ लाई एकका विरुद्ध पांच गोलले पराजित गरेको हो ।

खेलमा विजयी बिदुर १२ का लक्ष्मण तामाङ म्यान अफ दि म्याच भए । दोश्रो खेलमा बिदुर ५ लाई बिदुर ३ ले एकका विरुद्ध चार गोलले पराजित गरेको हो ।
खेलमा विजयी बिदुर ३ का इशान तामाङ म्यान अफ दि म्याच भए । तेश्रो खेलमा बिदुर ९ ले बिदुर १० लाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । खेलमा विजयी बिदुर ९ का इमान तामाङ म्यान अफ दि म्याच भए । सो प्रतियोगितामा बिदुर नपाका विभिन्न १० फुटवल टिमहरुको सहभागिता रहेको छ ।

फागुन ९ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक तथा विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । प्रतियोगिताको संरक्षक विदुर नगरपालिका रहेको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडिलाई नगदका साथै ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
















































