दुप्चेश्वर धाम पुगे हजारौं भक्तजन
बिदुर– देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ । हिउंदयाममा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढिरहेका छन् । पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा यस पटक फागुनको पहिलो शनिवार र महाशिवरात्रीका अवसरमा दुई दिनसम्म विशेष मेला लागेको थियो ।

हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगेका थिए । दुई दिनसम्म हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।

दुप्चेश्वर गापा ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।

हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् । दुप्चेश्वरमा फागुनको पहिलोे शनिबार एकैदिन सांढे एक लाख रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर धाममा शनिवार एकलाख ४८ हजार पांचसय ३५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलित भेटिमध्ये मन्दिरमा मध्यान्ह आरतीको ७७ हजार सातनसय ५५ रुपैया र क्युआर कोडमार्फत दुईहजार पांच३ रुपैया भेटी संकलन भएको छ । यसका साथै शिवरात्रीको दिन दुप्चेश्वर धाममा एकलाख २२ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ ।

कयुआर कोडमार्फत दुईहजार दुईसय पांच र मध्यान्हआरतीमार्फत ५९ हजार ६ सय २० रुपैया भेट िसंकलन भएको कोषाध्यक्ष श्रेष्ठले वताए । दुप्चेश्वर धाममा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य हुदै आइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापुर्वक लागिरहेको छ ।

हिउंदयामका कारण भक्तजनहरु वढिरहेकोले हजारौं भक्तजनले पुजाआजा गरेका छन् । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ ।

करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिवार र आइतवार लगातार दुई दिनसम्म १५ हजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइचो वेलुकासम्म नै लागेको थियो । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् ।

दुप्चेश्वरमा भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

भीड वढेका कारण दुप्चेश्वरमा लामो समयसम्म महादेवको दर्शन गर्नका लागि भक्तजनहरु लाइन लागेको थियो । दुप्चेश्वर धाममा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमार्फत वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएकोे थियो । उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन भन्ने उद्धेश्य रहेको दुप्चेश्वर गापाका कर्मचारी भुपेन्द्र केसीको भनाई छ ।
दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् । हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर धाम पुग्दै आएका छन् । पछिल्लो समय काठमाडौसहित नुवाकोट, रसुवा, धादिङ, काभ्रे, चितवनसहित अन्य स्थानबाट सहज रुपमा सवारीसाधनमा मन्दिरसम्म नै जान पाईने भएकाले दर्शनार्थी बढिरहेका हुन् ।













































