सुर्यगढीका कुमारले जिते अन्र्तराष्ट्रिय तेक्वान्दोमा पदक

– उत्कृष्ट प्रदर्शन
लोकखवर खेल संवाददाता
२०८२ फाल्गुन ५, मंगलवार २३:४१

बिदुर– नुवाकोटको सूर्यगढीका तेक्वान्दो खेलाडि कुमार तामाङले अन्तर्राष्ट्रिय पदक जितेका छन् । उनले उत्कृष्ट प्दर्शन गरेका हुन् । उनले दशरथ रङ्गशालामा जारी माउण्ट एभरेष्ट चौथो अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा पुम्से विद्यामा रजत मेडल जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाएका छन् । यस प्रतियोगितामा २४ देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।

विश्व तेक्वान्दोको मापदण्डअनुसार सञ्चालन भइरहेको सोस प्रतियोगितामा कुमारले अनुशासन, सन्तुलन, शारीरिक नियन्त्रण र कलात्मक चालको उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भएका हुन् । अन्र्तराष्ट्रिय पदक विजेता कुमार तामाङको अन्तर्राष्ट्रिय सफलता यस अघि पनि हात लागिसकेका छ । उनले केही महिनाअघि नै छिमेकी देश चीनमा भएको एण्टा ग्रान्डस्ल्याम युथ लिग फाइनल प्रतियोगितामा उनले भर्चुअल ग्यारोगि विद्यामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका थिए ।

उनलाई नुवाकोटको सुर्यगढीमा सम्मानित समेत गरिएको छ । यसले उनको खेल जीवनको निरन्तर प्रगति र समर्पणको प्रमाण पेश गरेको नुवाकोट तेक्वान्दो संघले जनाएको छ । कुमार अनुशासन, मेहनत र दृढ इच्छाशक्तिको कारण सफलता हात लागेको वताउंछन् ।

उनका लगातारका उपलब्धिहरू नेपाली तेक्वान्दो खेलाडीहरूका लागि प्रेरणा बनेका छन् र आगामी प्रतियोगितामा अझ उच्च स्तरको प्रदर्शन गर्ने आत्मविश्वास बढाएका छन् । उक्त सिल्भर पदकसँगै तेक्वान्दो खेलाडि कुमार तामाङले नेपालको तेक्वान्दो क्षेत्रमा आफ्नो योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिलाएर जन्मस्थान सूर्यगढी गापा र नुवाकोटको नाम समेत फैलाएको खेलाडिहरु वताउंछन् ।


सर्वाधिक रुचाइएको