क्यान्सर विरामीलाई सहयोगको याचना

– उपचारमा आर्थिक सहयोगको आव्हान
लोकखबर
२०८२ फाल्गुन ६, बुधबार २१:४०

बिदुर– जटिल रोग क्यान्सर पीडित नुवाकोटको शिवपुरीकी एक महिलाले सहयोगको याचाना गरेकी छन् । उनको उपचारमा आर्थिक सहयाृग गर्न परिवारजनले सवैसंग याचना गरेका हुन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउँपालिका–६, खोलेगाउँ सिन्छेकी ५९ वर्षीया सोनामढिकी लामा आमाशयको क्यान्सर पीडित रहेको र आर्थिक अवस्था नभएका कारण उनका परिवारजनले उपचारमा आर्थिक सहयोग गर्न सर्वसाधारण तथा सरोकारवाला निकायसंग अनुरोध गरेका छन् ।

आमाशय (स्टमक) क्यान्सरबाट पीडित लामा दुई वर्षदेखि निरन्तर उपचाररत रहेको उनका पति धनबहादुर तामाङले वताए । उपचार गर्दा गर्दै आर्थिक श्रोत सवै सकियो अव सहयोग जुटाउनुको विकल्प नभएको उनले वताए । लामाको पहिले सुरुमा खाना अड्किने र शरीर कमजोर हुने समस्या देखिएकोमा छाती पोल्ने र ग्यास्ट्रिक जस्तो लक्षण पनि देखिएकोमा विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गरियो, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेपछि क्यान्सर भएको पुष्टि भएको पति धनवहादुरको भनाई छ । लामाको एक वर्षदेखि अस्पतालमा नियमित उपचार चलिरहेको छ ।

उनको प्रत्येकपटक किमो चढाउन झण्डै एक लाख रुपैयाँ खर्च लाग्ने गरेको परिवारजनले जनाएको छ । एउटै औषधिको मूल्य १८ हजार रुपैयाँसम्म पर्ने र हालसम्म उपचारमा १२ देखि १३ लाख रुपैयाँ खर्च भइसकेको छ । सरकारी सहयोगबाट करिब डेढ लाख रुपैयाँ मात्र प्राप्त भएको छ । स्वास्थ्य बीमा बन्द भएपछि उपचारमा थप समस्या भएको परिवारजनको गुनासो छ ।

लामाको हाल डा. विशाल पौडेलको निगरानीमा उपचार भइरहेको छ । पति धनवहादुर पेशाले चालक हुन्, परिवारमा उनको वाहेक अरुको आम्दानीको श्रोत नभएको कारण सहयोगको याचाना गनुपरेको धनवहादुरको गुनासो छ । उपचार खर्च जुटाउन घरमा पालिएको गाई, भैंसी, कुखुरा र बाख्रासमेत बेच्नुपरेको धनवहादुरले बताए ।

उपचारका क्रममा उनको परिवार हाल काठमाडौँको टोखामा कोठा भाडामा लिएर बस्दै आएको छ । उनका तीन जना छोरी छन् । घरमा भएको सकिएको र आर्थिक अवस्था कमजोर भएपछि परिवारजनले सहयोगको अपिल गरेका हुन् । क्यान्सर पीडित सोनामढिकी लामाको उपचारका लागि शिवपुरी गाउंपालिकाले सहयोग गर्ने अध्यक्ष गोविन्द थपलियाले वताए । उनले कार्यपालिका वैठकले नियम र विद्यि अनुसारको उपचारका लागि सहयोग गर्ने वताए ।

‘एउटाको एउटा चालकको कमाइले मात्र कति नै धानिन्छ र?’ धनबहादुर तामाङले सबैसँग आफ्नी पत्नीको उपचारका लागि सहयोगको आग्रह गरेका छन् । उपचार निरन्तर जारी राख्न आर्थिक सहयोग आवश्यक रहेको उनको भनाइ छ । समाजका अभियन्ता, शुभेच्छुक तथा सम्पूर्ण दाजुभाइ–दिदीबहिनीलाई सहयोग गर्न अपिल गरिएको छ । सहयोगका लागि धनबहादुर तामाङको एभरेष्ट वैंकमा रहेको खाता नं. ०१२००५१६२०३३०९ अर्थात् ९८४१८९०१६६ मा सम्पर्क गरेर सहयोग गर्न उनका परिवारजनले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।


सर्वाधिक रुचाइएको