चार टिम मेयर कप फुटवलको अन्तिम चारमा

– सेमिफाइनल खेलहरु शुक्रवार
लोकखवर खेल संवाददाता
२०८२ फाल्गुन ७, बिहीबार २१:०७

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महारानीडिहीमा सन्चालित मेयर कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएकोे छ । प्रतियोगिता अन्र्तगत विहीवार क्वार्टरफाइनल  खेल सम्पन्न भएका छन् । विदुर नगरपालिका ६ महारानीडिहीमा प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको क्वार्टफाइनल खेलवाट विजयी भई बिदुर नपा ५, ६, ९ र १२ वडाका फुटवल टिम सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

विहीवार विदुर ५ ले ७ लाई शुन्यका विरुद्ध दुई गोल गरेको हो । इनारपाटीस्थित खेलमैदान भएको खेलमा बिदुर ६ ले ३ लाई शुन्यका विरुद्ध एक गोल गरेर प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि नै क्वार्टरफाइनल खेलमा बिदुर ९ र १२ आआफ्ना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्र्रतियोगिता अन्र्तगत शुक्रवार बिदुर ६ र १२ वीच पहिलो र बिदुर ५ र ९ वीच दोश्रँे सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । विदुर नपा  ६ बडा कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो ।   उक्त प्रतियोगितामा बिदुर नपाका विभिन्न १० फुटवल टिमहरुको सहभागिता रहेको थियो ।
फागुन ९ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक तथा विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए ।  प्रतियोगिताको संरक्षक विदुर नगरपालिका रहेको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडिलाई नगदका साथै ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।


सर्वाधिक रुचाइएको