प्रथम नुवाकोट हाफ म्याराथुन सम्पन्न
बिदुर– खेलकुद र शारिरीक मजवुतीका लागि विहीवार नुवाकोटमा हाफ म्याराथुन सम्पन्न भएको छ । लुम्विनीका अजय पाण्डे उपाधि विजेता भए । नुवाकोट एथलेटिक्स क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद परिषदको सहकार्यमा राष्ट्रिय प्रजातन्त्र दिवसको महान अवसरमा आयोजित प्रथम नुवाकोट हाफ म्याराथुन प्रतियोगिता सम्पन्न भएको हो ।

सो प्रतियोगितामा निर्धारित दौड १ घन्टा १७ मिनेट ५३ सेकेन्डमा पुरा गरेर लुम्बिनी प्रदेशका अजय पाण्डे प्रथम भए । सोही दुरी १ घन्टा १९ मिनेट ५२ सेकेन्डमा पुरा गरेर कोशीको ताप्लेजुङका रमेश लिम्बु द्वितिय भए । १ घन्टा २० मिनेट १० सेकेन्डमा पुरा गरेर कोशीकै सोलुखुम्बुका लोकेन्द्र राई तृतीय भए । १० किलोमिटर खुल्ला महिलातर्फ कोशी प्रदेशको पाँचथरकी पुष्पा शेर्पालिम्बु प्रथम भइन् ।

सोही दुरी वागमतिको सिन्धुलीकी मन्जु सुनुवार द्वितिय र नुवाकोट एथलेटिक्स क्लबकी सोनु घतानी तृतीय भइन् । प्रतियोगितामा ५० वर्ष माथि भेटान्सतर्फ काठमाडौंका रेवत दाहाल प्रथम, दाङका भीमबहादुर गुरुङ द्वितिय, लमजुङ राजु भण्डारी तृतीय भए । छात्रतर्फ ब्राईट होराईजन चिल्ड्रेन स्कुल चन्दागिरीका हस्त सुनार प्रथम, भोटेनाम्लाङ्ग माबि सिन्धुपाल्चोकका सन्दीप तामाङ द्वितिय र चागुनारायण नगरपालिकाको श्रीकृष्ण माबिका बिकास कार्की तृतीय भए ।

छात्रातर्फ प्रनिशा कार्की प्रथम, वल्र्ड युथ ईन्टरनेशन ऐकेडेमी सुजिना रामदाम द्वितिय र शहिल जगतप्रकाश जङ्गशाह सस्कृत मावि नुवाकोटकी सेविका प्याकुरेल तेतीय भइन् । स्थानीय (जिल्ला) तर्फ शिवपुरी गाउपालिका ३ का हरिचन्द्र तामाङ प्रथम, बिदुर नगरपालिका १ का मनिष श्रेष्ठ द्वितिय र विदुर ७ का रोशन तामाङ तृतीय भए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्लबका सल्लाहकार तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले मेडल, नगदका साथै प्रमाणपत्रद्वरा पुरस्कृत गरे ।

उनले खेलकुदले मानव जीवनमा सकारात्मक चेतनाको विकास हुनुका साथै अनुशासनसमेत हुने वताए । सो प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारबाट सुरु भई बिदुर, ढुग,े त्रिशुली हुँदै सोही रुटवाट फिर्ता हुदै बट्टारबजार, गगटे, माभीटार, पिपलटार, देबीघाट हुँदै पुनः नुवाकोट क्याम्पस आएर समापन भएको थियो ।















































