बिदुर ६ र ९ फाइनलमा

– बिक्रम र बिकास म्यान अफ दि म्याच
लोकखबर
२०८२ फाल्गुन ८, शुक्रबार २३:५५

बिदुर– फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महारानीडिहीमा सन्चालित मेयर कप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलहरु सम्पन्न भएकोे छ । प्रतियोगिता अन्र्तगत शुक्रवार सेमिफाइनल खेलमा विजयी भई बिदुर ६ र बिदुर ९ प्रतिथयोगिताको फाइनलमा प्रवेश गरेका हुन् ।

विदुर नगरपालिका ६ महारानीडिहीमा प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलवाट आआफ्ना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै बिदुर नपा ६ र ९ ले फाइनलमा भिडन्तका लागि ढोका उघारेका हुन् । विहीवार विदुर ६ ले १२ लाई एकका विरुद्ध दुई गोल गरि फाइनल यात्रा सुरक्षित गरेको हो ।

बिक्रम लामिछाने म्यान अफ दि म्याच भए । इनारपाटीस्थित खेलमैदान भएको दोश्रो सेमिफाइनल खेलमा बिदुर ९ ले ५ लाई शुन्यका विरुद्ध सात गोल गरेर प्रतियोगिताको फाइनल यात्रा सुरक्षित गरेको हो ।

बिकास थापामगर म्यान अफ दि म्याच भए । दुवै टिमवीच शनिवार दिउंसो सांढे एक वजे फाइनल प्रतिस्पर्धा हुने भएको छ । विदुर नपा ६ बडा कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो । उक्त प्रतियोगितामा बिदुर नपाका विभिन्न १० फुटवल टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक तथा विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । प्रतियोगिताको संरक्षक विदुर नगरपालिका रहेको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडिलाई नगदका साथै ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।


सर्वाधिक रुचाइएको