मौलिक ध्वनीका लागि प्रशिक्षण

– वोर्डद्वारा तालिम प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८२ फाल्गुन १७, आईतवार १२:१७

बिदुर – नेपाली चलचित्रमा मौलिक ध्वनीका लागि प्राविधिकलाई प्रशिक्षण गराइएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अभियान अन्तर्गत सन्चालन गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको हो ।

छायांकन स्थलमै प्रत्यक्ष ध्वनि गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सन्चालित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्राविधिक प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले आयोजना गरेको हो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा छायांकनकै क्रममा ‘लाइभ साउन्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा यस प्रशिक्षणलाई प्राविधिक स्तरमा महत्वपूर्ण कदमका रूपमा लिइएको तालिमका सहभागीहरलाई प्रमाणपत्र वितरण गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले वताए ।

उनले छायांकन स्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन सोे तालिम उपयोगी र फलदायी हुने बताए । “वोर्डको २० भन्दला वढि चलचित्रकर्मी दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ एक महत्वपूर्ण कार्यक्रम हो ।” उनले अगाडि भने, “यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारीमा छौं ।”

यस प्रशिक्षणले नेपाली चलचित्रमा ‘डबिङ’मा निर्भरता घटाउँदै मौलिक ध्वनि र यथार्थपरक प्रस्तुति सुदृढ गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ । तालिम समापन कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, वोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्र्तराष्टरीय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईं लगायतले प्राविधि र गुणस्तरियतामा जोड दिएका थिए ।

 

 


सर्वाधिक रुचाइएको