निर्वाचनका लागि रसुवागढी नाका सिल
बिदुर– यहि फागुन २१ गते विहीवारको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रसुवागढी नाका सिल गरिएको छ । चार दिन उक्त नाका पुर्ण रुपमा वन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यहि फागुन १८ गते बिहान ७ बजेदेखि फागुन २१ गते वेलुकी ५ बजेसम्म नेपाल–चीन प्रवेशको छोटो दुरीको रसुवागढी नाका पूर्णरूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी नाका चार दिनका लागि बन्द गरिएको रसुवा प्रशासनले निकालेको सूचनामा उल्लेख छ । नुवाकोटसंगै जोेडिएको रसुवामा फागुन २० गते वुधवार राती १२ वजेदेखि २१ ग्ते विहीवार वेलुकी मतदान कार्य नसकिएसम्मका लागि सम्पुर्ण यातायातका साधन वन्द गरिएको रसुवा प्रशासनले जनाएको छ । निर्दिष्ट गरिएका र पास भएका यातायात मात्र सन्चालन हुन पाउने जनाइएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली रसुवामा निर्वाचनलाई सफल र व्यवस्थित बनाउन मतदान केन्द्रहरूको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था मजवुत वनाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षाकर्मीलाई परिचालन गरी मतदान प्रक्रिया शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरिने छ ।














































