विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय पोशाक प्रदान

– दुई विद्यालयमा हस्तान्तरण
लोकखबर
२०८२ चैत्र १२, बिहीबार ०१:०८

बिदुर- सामुदायिक शिक्षा सचेतनामा वढोत्तरी गर्ने उद्धेश्यले नुवाकोटको बेलकोटगढी नगरपालिकाको दुई वटा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्टेशनरी तथा विद्यालय पोशाक प्रदान गरिएको छ । यसबाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।

च्वाडी पब्लिक पूर्व विद्यार्थी समाजको आयोजनामा बेलकोटगढी नपा ८ पाँचखलेस्थित जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई स्टेसनरी सामग्री र बेलकोटगढी १० स्थित बालकुमारी आधारभूत विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । समाजका पदाधिकारी तथा सदस्यहरु वुधवार विद्यालयमै पुगेर स्टेशनरी तथा विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीहरुको सामुदायिक शिक्षा प्रवद्र्धनको उद्धेश्यले उक्त सहयोग गरिएको समाजले जनाएको छ । कार्यक्रममा वेलकोटगढी नपा ८ का वडाध्यक्ष सुरेशलाल चित्रकार, बालकुमारी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण तामाङ तथा दुईवटै विद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको