घरमा चट्याङ पर्दा लाखौंको क्षति
बिदुर– नुवाकोटको माझीटारमा परेको चट्याङले घरमा लाखौंको क्षति पुगेको छ । बिदुर नगरपालिका ५ माझिटारमा स्थानीय एक घरमा परेको चट्याङले घरमा क्षति पुगेको छ ।

स्थानीय रामशरण लामिछानेको घरमा चटयाङ पर्दा घरको माथिल्लो तल्लाको ढलान प्वाल पर्नुका साथै पुरै विद्युतीय तार, बिजुलीको मिटर, बिजुली बाक्सा, टिभि, फ्रिज, घरको विद्युतीय संरचनाहरु सवै जलेको स्थानीय योगेन्द्र अर्यालको भनाई छ । उनका अनुसार घरको माथिल्लो तल्लाको ढलान समेत प्वाल पारेको छ ।

प्रहरीले घटनास्थलको निरीक्षण गरि क्षतिको मुचुल्का उठाएको छ । घरधनी लामिछानेको कुल दुई लाख ५० हजार रुपैया वरावरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
स्थानीयवासीले चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि उचित सावधानीसहित आवश्यक सुरक्षाका भौतिक कार्य गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । केहि वर्ष अगाडि माझीटारमै परेको चट्याङले एक युवकको घटनास्थलमै ज्यान गएको थियो ।















































